P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

उपाधि चुम्‍न नसक्दा…

  • प्रकाशीत मिती

    भदौ १, काठमाडौं ।

एजेन्सी । ब्राजिलियन फुटबलर नेयमार विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्येका एक हुन् । नेयमारले ब्राजिल फुटबल र बार्सिलोनाका लागि जे जति प्रदर्शन गरे त्यसस्तरको प्रदर्शन फ्रेन्च क्लब पीएसजीका लागि गर्न सकेनन् ।

सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनामा आएका नेयमारले लामो समय बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । बार्सिलोनाका लागि नेयमारले च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रेजस्ता उपाधिहरु जित्न सफल भए । उनले जसरी बार्सिलोनाका लागि प्रदर्शन गरे त्यसरी नै सन् २०१४ को विश्वकपमा ब्राजिलका लागि प्रदर्शन गरे ।

नेयमारले ब्राजिललाई सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । क्‍वार्टरफाइनल खेलको ८८औँ मिनेटमा घाइते भएर मैदानबाहिर गएका नेयमार सेमिफाइनल खेल खेल्न नसक्ने अवस्थामा भए । सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७-० गोल अन्तरले पराजित भएको थियो ।

सन् २०१५ मा नेयमारले बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण योगदान गरे । त्यसपछि विश्व फुटबलमा उत्कृष्ट खेलाडीको सूची आउँदा नेयमार सधै तेस्रो नम्बरमा रहन्थे । सन् २०१७ को सिजनमा नेयमारले आफ्नो बेग्लै पहिचान बनाउन फ्रेन्च क्लब जाने निर्णय गरे ।

नेयमार पीएसजीमा गएको सिजनदेखि उत्कृष्ट फर्ममा भने छैनन् । उनले पीएसजीका धेरै खेलहरु गुमाएका छन् । घाइते भएका कारण धेरै खेल नखेलेका नेयमारले लिग वानको उपाधि भने जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

नेयमारले ब्राजिललाई सन् २०१८ को विश्वकपको क्‍वार्टरफाइलनमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । ब्राजिल क्‍वार्टरफाइनल खेलमा बेल्जियमसँग २-१ गोल अन्तरले पराजित भयो । 

त्यसपछि पनि नेयमारले पीएसजीलाई लिग वानको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरे । जुन लक्ष्यका साथ उनी बार्सिलोनाबाट पीएसजीमा आएका थिए उनको लक्ष्य भने सफल हुन सकेन । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै पीएसजीलाई च्याम्पिन्स लिगको फाइलनमा पुर्‍याउन सफल भएका थिए । तर, फाइनलमा उनले टिमलाई च्याम्पियन्स लिगको उपाधि जिताउन भने सकेनन् । पीएसजी आइतबार राति भएको खेलमा जर्मन क्लब वायर्नसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी आएका नेयमारले क्लबका लागि ५२ लिग खेल खेल्दै ४७ गोल गरेका छन् । जसरी नेयमार बार्सिलोनामा स्थापित भएका खेलाडी थिए । उनी त्यसरी नै फ्रेन्च क्लबमा जमेर बस्‍न सकेका छैनन् । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal