संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्ने सम्भावित कार्यसूची छ। यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३ ’ पेस गर्नेछन्। बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले...
काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द भएको छ। सडक विभागले शुक्रबार राति साढे ८ बजेसम्मको अवस्थामा यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायतका स्थानमा यातायात पूर्ण रूपमा बन्द छ। लगातार वर्षा भइरहेकाले स्थानीय प्रशासनबाट अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ।...
रसुवा भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दिउसो १ बजेसम्म अपडेट अनुसार मृत्यु हुनेको संख्या १ हजार ३ पुगेको हो। चितवनमा मात्रै ३२१ जनाको शव फेला परेको छ। पूर्वनवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०, धादिङमा ५७ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। त्यस्तै गोरखामा ६५, नुवाकोटमा ९५, तनहुँमा ३८ र रसुवामा ४१ जनाको शव फेला परेको छ। बाढीमा परी घाइते हुनेहरूको संख्या...
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलमा पसेर गर्न खोजेको उद्धार प्रयास अझै सफल हुन सकेको छैन। रास्वपाका सांसद श्रीराम न्यौपानेले गएराति करिब ३ बजे टनेलमा ‘क्राउन ब्लास्ट’ (माथिल्लो भागमा बिस्फोट) गरेर भित्र पस्ने प्रयास गरे पनि सम्भव भएको बताएका छन्। ‘राति करिब ३ बजे ‘क्राउन ब्लास्ट’ गरियो। भित्र पस्ने आशा असम्भव भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुरुङको क्राउन पूरै पानीले भरिएको छ। पहिलेदेखि निरन्तर जारी रहेको सुरुङको मुख खोल्ने कार्य जारी...
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् । नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा पाँच जना, बेत्रावतीमा चार जना, त्रिशूली–काठमाडौँमा तीन जनाको उद्धार गरेको छ । त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा...
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन्। उनले भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।’ उनले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन्। ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले पार्टीको प्रमुख सचेतक र सचेतकहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतकको रूपमा चयन गर्ने प्रश्ताव पारित गरेको छ । त्यस्तै, सचेतकमा दुई जना सांसदहरू प्रकाशचन्द्र परियार र क्रान्ति शिखा धिताललाई चयन गरिएको छ। बैठकले पार्टीका सांसद र मन्त्रीहरूले बुझाउनुपर्ने मासिक लेबीको दर पनि तय गरेको छ। निर्णयअनुसार रास्वपाका सांसदहरूले मासिक १६ हजार ५ सय...
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ। आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा बहस भएको हो। म्याद थपका लागि प्रहरीले पूर्वमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको थियो। पूर्वप्रधानमन्त्री ओलीले भने अस्पतालबाट भिडिओ कन्फ्रेन्समार्फत बहसमा जोडिएका थिए। उनी त्रिवि शिक्षण अस्पतालमा छन्। जिल्ला अदालतमा भएको बहसमा सरकारी वकीलले ओली र लेखकलाई अनुसन्धानका लागि थुनामा राख्नुपर्ने बताएका थिए। ओली र लेखकको तर्फबाट बहस गरेका...
वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि हुने गरेको थियो । उक्त सेवालाई कटौती गर्दै एकपटकमा उक्त औषधिहरू एक महिनासम्म लागि मात्रै दिइने निर्णय गरेको हो । १ फागुन देखि उक्त लागू हुने जनाएको छ । सूचनामा भनिएको छ, ‘१ फागुनदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई औषधि उपलब्ध गराइने छ ।’ अस्पतालका निर्देशक डा. दिलीप...
क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेको एक हाई स्कुलमा बुधबार बिहानै अन्धाधुन्ध गोली प्रहार गरिँदा १० जनाको मृत्यु भएको छ। गोली लागेर २५ जना घाइते पनि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। मृतकमा कोही विद्यार्थी छन् कि छैनन् भन्ने कुरा अझै थाहा भएको छैन। घटनापछि स्कुल बन्द गरिएको छ। स्थानीय विधायक ल्यारी न्युफेल्डले भनेका छन्, ‘स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको छ।’ उनले आफ्ना प्रियजन खोज्न बाहिर निस्केका मानिसहरूलाई घर फर्कन...

