वासिङ्टन : अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि मृत्यु भएकाहरुको सङ्ख्यामा वृद्धि भएको छ। कोरोनाविरुद्धको खोप फाइजर प्रयोग गर्न सकिने सल्लाह विज्ञहरुले दिइरहेकै बेला पनि अमेरिकामा कोरोनाभाइरसको महामारी बढ्दै गएको हो।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा २४ घण्टायता मात्रै तीन हजार १२४ व्यक्तिको मृत्यु भएको छ।
पछिल्लो पाँच दिनमा मात्रै थप झण्डै पाँच लाख जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन्। अमेरिकामा अहिले पनि एक लाख ६ हजारभन्दा बढी सङ्क्रमितहरु अस्पतालमा उपचारकै क्रममा रहेका छन्।
महामारी देशभरी नै बढ्दै गइरहेको र स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई दवाव पनि बढेको अधिकारीहरूले बताएका छन्। अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख नौ हजारभन्दा बढीको मृत्यु भएको छ भने कुल एक करोड ५५ लाखभन्दा बढी सङ्क्रमित भएका छन्।
एकैदिनमा मृत्यु भएकाहरूको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ।
यसअघि गत अप्रिल १५ मा सबैभन्दा धेरै एकैदिनमा दुई हजार ६०२ जनाको मृत्यु भएको थियो। न्युयोर्क शहरमा कोरोना महामारीको केन्द्र बनेको बेला त्यति धेरै मानिसको एकैदिनमा मृत्यु भएको थियो।