P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण टुंगो लागेको छ । नेपाल-भारतको संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली माघ १ गते भारत जाने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारतको भ्रमण गर्नेछन् । संयुक्त आयोगको बैठकले नेपाल-भारतको द्विपक्षीय हित प्रवर्द्धन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड-१९ मा आपसी सहयोग-समन्वय, पूर्वाधार विकास, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति आदि विषयमा छलफल गर्ने मन्त्रालयले बताएको छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतका विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटघाटको कार्यक्रमसमेत तय भएको मन्त्रालयको भनाइ छ ।

नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपालका राजदूत, विदेश सचिव, स्वास्थ्य सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहनेछन् । मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्कनेछन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal