शेयर बजारमा दोहोरो अंकको सुधार, नेप्से ५४ अंकले उकालो लाग्यो प्रकाशीत मिती जेठ २, काठमाडौं । काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाईको नयाँ रेकर्ड कायम भयो । उतार चढावबीच बजार परिसुचक नेप्से ५४ अंकले उकालो लागेर २७ सय ३८ को उचाइमा पुग्यो । निषेधाज्ञाका कारण आर्थिक गतिविधि शून्य प्रायः भएका बेला कारोबार पनि उच्च साढे १० अर्ब हाराहारी पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा हरिलायी छायो । निर्जीवन बिमा समुह सबैभन्दा उच्च ५ सय ८४ अंकले उकालो लाग्दा जीवन बिमा समुह पनि ५ सय २८ अंक, अनि विकास बैंक समुह १ सय १२ अंकले उकालो लाग्यो । यस्तै लघुवित्त समुह, वाणिज्य बैंक, व्यापार, होटल तथा पर्यटन, जलविद्युत, वित्त, अन्य र उत्पादनमुलक समुहमा पनि दोहोरो अंकको सुधार आयो । यसदिन १ सय ४६ कम्पनीको शेयर मुल्य बढ्दा ३२ कम्पनीको शेयर मुल्य घट्यो । यसदिन रुरु जलविद्युतका शेयर लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा युनियन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे । यसदिन २ सय १३ कम्पनीको २ करोड १३ लाख कित्ता शेयर १० अर्ब ४० करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार भोटेकोशी बाढीका कारण नारायणगढ–काठमाडौं सडकमा सबै सवारी आवागमन बन्द काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात पियोर इनर्जीको शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? इन्डो नेपाल सिएसआर समिट काठमाडौंमा सम्पन्न बैंक नोटबाहेक छपाईका सबै काम नेपालमै सुरु : सञ्चारमन्त्री गुरुङ एनआरएनएभित्र राजनीति नगरिदिनुस् : परराष्ट्रमन्त्री राणा लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाईको नयाँ रेकर्ड कायम भयो ।
उतार चढावबीच बजार परिसुचक नेप्से ५४ अंकले उकालो लागेर २७ सय ३८ को उचाइमा पुग्यो ।
निषेधाज्ञाका कारण आर्थिक गतिविधि शून्य प्रायः भएका बेला कारोबार पनि उच्च साढे १० अर्ब हाराहारी पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा हरिलायी छायो ।
निर्जीवन बिमा समुह सबैभन्दा उच्च ५ सय ८४ अंकले उकालो लाग्दा जीवन बिमा समुह पनि ५ सय २८ अंक, अनि विकास बैंक समुह १ सय १२ अंकले उकालो लाग्यो ।
यस्तै लघुवित्त समुह, वाणिज्य बैंक, व्यापार, होटल तथा पर्यटन, जलविद्युत, वित्त, अन्य र उत्पादनमुलक समुहमा पनि दोहोरो अंकको सुधार आयो ।
यसदिन १ सय ४६ कम्पनीको शेयर मुल्य बढ्दा ३२ कम्पनीको शेयर मुल्य घट्यो ।
यसदिन रुरु जलविद्युतका शेयर लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा युनियन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।
यसदिन २ सय १३ कम्पनीको २ करोड १३ लाख कित्ता शेयर १० अर्ब ४० करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।