कांग्रेस संसदीय दलको निर्वाचन जारीः देउवा र सिंह भिड्दै
फागुन २१, काठमाडौं ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान भइरहेको छ ।
संसदीय दलका नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुदैछ । नेता चयनका लागि अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान भइरहेको छ ।
संसदीय दलका नेतामा दाबी गर्दै दुवै जनाले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय आज बिहान साढे ८ बजेसम्मका दिए पनि दुवै जनाले उम्मेदवारी फिर्ता नलिदा संसदियदलको नेता चयनको लागि निर्वाचन प्रक्रियामा गएका हुन् ।
आज १० बजेबाट भएको निर्वाचन १ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । त्यसलगत्तै मतगणना गर्ने कार्यक्रम तय भएको छ ।
प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेस संसदीय दलमा कूल ६३ जना सांसद रहेका छन । संसदीय दलको नेतामा निर्वाचित हुन कम्तिमा ३२ मत ल्याउनुपर्ने छ ।