विश्वकप छनौटः हङकङसँग आज प्रतिस्पर्धा गर्दै नेपाल, हङकङलार्इ जित्नै पर्ने दवाबमा नेपाल
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








फागुन २८, काठमाडौं ।
आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तरर्गत अन्तिम खेलमा नेपालले आज हङकङको सामना गर्दैछ ।
समूह ‘बी’ को अंक तालिकाको पुछारमा रहेको नेपालले आज दिउँसो सवा १ बजे जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोट्र्स क्लबमा हङकङको सामना गर्नेछ। लगातार तीन खेलमा पराजय व्यहोरेपछि एकदिवसीय मान्यता पाउने र सुपर ६ मा पुग्ने नेपालको लक्ष्य संकटमा परेको छ। तर, आजको खेलमा नेपालले जित हात पारे एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ।
पराजित भए पनि नेपालको एकदिवसीय मान्यता पाउन समूह ‘ए’ को नजितामा भर पर्नेछ। समूह ‘ए’ नेदरल्यान्ड्स सुपर ६ पुगे तथा यूएई बाहिरिए नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ। तर यो समिकरण पूरा हुन पनि कठिन छ। किनकी युएई २ खेलमा जित निकाल्दै सुपर ६ नजिक छ।
सुपर ६ मा पुग्न भने नेपालले हङकङलाई पराजित गरेर मात्र पुग्दैन फराकिलो अन्तरले पराजित गर्नु पर्ने हुन्छ। त्यसका लागि नेपालले हङकङलाई २ सय १८ रन भन्दा बढी ९पहिले ब्याटिङ गरेर ३ सय रन बनाएको अवस्थामा० ले पराजित गर्नु पर्छ। यस्तो नजिताले नेपालले रनरेटमा अफगानिस्तान र हङकङलाई पछि पार्नेछ।