P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

प्रजनन स्वास्थ्य अधिकार संशोधन विधेयक संसदमा लैजाने मन्त्री पौडेल प्रतिबद्ध

  • प्रकाशीत मिती

    फागुन २०, काठमाडौं ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन, २०७५ को संशोधन विधेयक संसदमा लैजाने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार प्रजनन स्वास्थ्य अधिकार कार्य समूह (आरएचआरडब्लुजी) ले मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदा उक्त प्रतिबद्धता जनाएका हुन् । प्रजनन स्वास्थ्य अधिकार कार्य समुहको सचिवालय महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) समेतले ध्यानाकर्षण पत्र बुझाएको हो ।

मन्त्री पौडेलले छिटो भन्दा छिटो सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन विधेयकलाई संसदमा लैजाने प्रतिवद्धता जनाए । मन्त्री पौडेलले यो संशोधन विधेयक संसदमा लैजानका लागि आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय महासन्धि समितिले दिएका निष्कर्ष र सुझाव,सर्वोच्च अदालतमा भएको आदेश तथा व्याख्याको पालना र संघीय संसद, प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिको निर्देशनको कार्यान्वयनका लागि र ऐनमा भएको वाधा अड्चन फुकाउनका लागि ऐन संशोध अनिवार्य भएको छ । यसका लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि पहल गर्न मन्त्रीलाई बुझाइएको ध्यानाकर्षणमा उल्लेख छ ।

अछाममा १३ बर्षकी बालिकामाथि जवरजस्ती करणीबाट २९ हप्ताको गर्भलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १५ मा भएको २८ हप्तासम्म गर्भ अवधि सम्बन्धी व्यवस्थाको कारण ति बालिकाले गर्भपतन गर्न नपाएको वारेमा उपस्थित प्रतिनिधिहरुले जानकारी दिनुका साथै गर्भपतन सेवालाई निरअपराधिकरण गर्नको लागि विशेष पहल गर्न अनुरोध गरिएको थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’
नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal