P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

भूकम्पबाट विस्थापित भएका ४८ परिवारलाई जग्गा हस्तान्तरण

पुस ९,रसुवा ।
रसुवामा विनासकारी भूकम्पबाट विस्थापित भएका ४८ परिवारलाई जग्गा खरिद गरी हस्तान्तरण गरिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोस्रो चरणअन्तर्गत ४८ परिवारको पुनःस्थापनाका लागि जग्गा खरिद गरी हस्तान्तरण गरेको हो। जिल्लाको साबिकको डाँडागाउँ ८ र ९ बाट विस्थापित भई बोगटीटारमा बसिरहेका ४८ परिवारलाई जग्गा खरिद गरी हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नापी अधिकृत कृष्णबहादुर थापाले बताए।
उनले भने, ‘अहिले हामीले चरणबद्ध रुपमा विस्थापितको पुनःस्थापनाका लागि जग्गा खरिद गरी हस्तान्तरण गरिरहेका छौँ, अब बाँकी रहेकालाई पनि जतिसक्दो चाँडो सुरक्षित स्थानमा जग्गा खोजी गरी पुनःस्थापना गर्नेछौँ।’ ९६ लाखमा १२ रोपनी जग्गा खरिद गरी प्रतिपरिवार चार÷चार आनाका दरले हस्तान्तरण गरिएको छ।
शनिबार जिल्ला प्रशासन कार्यालय रसुवामा औपचारिक कार्यक्रम गरी जग्गाधनीलाई चेक र विस्थापितका लागि श्रीमान् श्रीमतीको नाममा संयुक्त पुर्जा वितरण गरिएको हो। यसअघि, नुवाकोटको किस्पाङ गाउँपालिका ५ शान्तिबजारमा २४ परिवारको पुनःस्थापना गरिएसँगै विस्थापित परिवार पुनःस्थापनाको संख्या ७२ पुगेको छ।
यस्तै, यसअघि अन्य व्यक्तिले पाएको अनुदान रकम जस्तै जग्गा खरिद गरेका विस्थापितहरुले पनि निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँ पाउने भएका छन्। विस्थापितलाई जग्गा हस्तान्तरण गरिएसँगै अब ३ महिनाभित्रमा आवास निर्माण सुरु गर्नुपर्ने भएकोले अबको केही दिनमै आवश्यक प्रक्रिया सुरु गर्ने विस्थापितहरुले बताएका छन्।् ।

जग्गाधनी पुर्जा पाएपछि विस्थापित वीरबहादुर तामाङले भने, ‘भूकम्पबाट विस्थापित भएर भौतारिँदै हिँडिरहेको अवस्थामा जग्गा खरिद गरी हामीलाई हस्तान्तरण गरिएकोमा हामी एकदमै खुसी छौँ, अब हामी केही दिनमै घर बनाउन सुरु गर्नेछौँ, हामीले बास पायौँ, अब विनासकारी भूकम्पलाई पनि बिर्सिन्छौँ।’ सरकारले जग्गा खरिदका लागि २ लाख रुपैयाँ उपलब्ध गराएसँगै जिल्लामा रहेका विस्थापितको पुनःस्थापनाका लागि बाटो खुलेको छ।
विनासकारी भूकम्पका कारण जिल्लामा करिब ७ सय विस्थापित भएको भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकमा ३ सय ५३ जनाको मात्र नामावली रहेको छ। पाँच वटा गाउँपालिकाका करिब १६ वटा बस्ती जोखिममा परेको बताइएको छ। गाउँमा सुख्खा पहिरो जानुको साथै बस्ती वरिपरि जमिन चिरा परेपछि चार सयभन्दा बढी घरधुरी विस्थापित बन्न पुगेका थिए। गाउँ नै छाडेर हिँडेका भूकम्पप्रभावित निजी तथा सरकारी जग्गामा जस्ताको टहरा बनाएर बसिरहेका छन् ।

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal