P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

हेर्नुहाेस् प्रश्नपत्रमा कत्राे लापरबाही

पुस ९,काठमाडौं ।
दसैंमा के(के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ र अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो। धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन् यो प्रश्न अत्यन्तै सहज हुनुपर्ने हो।

तर, परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा सामुदायिक विद्यालयका शिक्षकले भने, ‘दसैंमा के९के गरिन्छ’ लाई अंग्रेजीमा ‘ह्वाट इज कन्फ्ल्टि’ भनेर अनुवाद गरेका छन् ।
सुन्दा पत्याउन नसकिने यो रोचक घटना काठमाडौंमा सञ्चालित पूर्वी क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा देखिएको हो। कक्षा ६ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा विषयको पूरै प्रश्नपत्रमा नेपालीमा सोधिएका प्रश्न र त्यसको अंग्रेजी उच्चारणमा आकाश(जमिनको भिन्नता देखिएको यो खवर आजको अन्न्पूर्ण पोष्ट दैनिकले छापेको छ। तर, यस विषयमा न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई जानकारी छ न त माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार पाएको स्थानीय तहलाई नै १
नेपाली विषयको पहिलो प्रश्नको ‘क’ नम्बरमा नेपालीमा सोधिएको छ, ‘गाविस भनेको के हो ? ‘ तर यसलाई अंग्रेजीमा भनिएको छ, ‘हाउ मेनी लेभल अफ गभर्नमेन्ट आर देअर इन फेडरल गभर्मेन्ट सिस्टम ? ‘ त्यस्तै अर्को प्रश्न नेपालीमा सोधिएको छ, ‘मानव बेचविखन भनेको के हो ? ‘ यसलाई अंग्रेजीमा सोधिएको छ, ‘ह्वाट इज द फुल फर्म अफ एटिएम ? ‘
६० पूर्णांक रहेको यस विषयको अधिकांश प्रश्नको नेपाली र अंग्रेजी उच्चारणमा केही पनि मिल्दैन। यति हुँदाहुँदै पनि परीक्षा समितिले नयाँ प्रश्नपत्र नछापी गत बिहीबार यही प्रश्नबाट परीक्षा सम्पन्न गरेको छ। पूर्वक्षेत्र परीक्षा समितिका अध्यक्ष रहेका नवीनग्राम माध्यमिक विद्यालय नांग्लेभारेका प्रधानाध्यापक गुरुप्रसाद दंगालले भने, ‘छापाखानामा छाप्ने बेला प्रश्नपत्र बिग्रेछ। परीक्षाको दिन मात्रै थाहा पायौं।’
परीक्षा समितिका शिक्षकले नजानेर भन्दा पनि प्राविधिक त्रुटिका कारण प्रश्नपत्र बिग्रेको दाबी गरे। उनले भने, ‘परीक्षा हलमा परीक्षार्थीलाई नेपालीमा सोधिएका प्रश्न सही भएकाले अंग्रेजीमा अनुवाद गरिएकोलाई बिर्सेर नेपालीअनुसार हल गर्न भन्यौं।’
काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले भने यस विषयमा सामाजिक सञ्जालबाट थाहा पाए पनि आधिकारिक जानकारी नआएको बताए। काठमाडौंका सामुदायिक विद्यालयले अनुकूल हुने गरी आफूखुसी समिति बनाएर परीक्षा चलाउने गरेका कारण कार्यालयलाई आधिकारिक जानकारी आउन नसकेको उनले बताए। ‘आफूखुसी कतै पश्चिम भेगीय समिति, कतै पूर्वी भेगीय समिति बनाएका छन् तर यस विषयमा जिल्ला शिक्षा कार्यालयमा कुनै व्यवस्था नै छैन’, उनले भने, ‘समिति नबनाऊ भनेर निर्देशन दिने हो भने पनि शिक्षकलाई कसैले तह लगाउन सक्ने अवस्था छैन। आफूखुसी गर्दा यस्तै समस्या आउँछ। एउटा समूहका शिक्षकको कमजोरीका कारण सबैको बेइज्जत हुन्छ।’
प्रश्नपत्र निर्माणमा शिक्षकबाट लापरबाही भएको यो नयाँ घटना भने होइन। ०६९ सालमा पनि कक्षा आठको नैतिक शिक्षा विषयको जिल्लास्तरीय परीक्षामा अघिल्लो वर्षकै प्रश्न हुबहु सोधिएको थियो। यसरी अघिल्लो वर्षको हुबहु प्रश्न सोध्ने जिल्ला शिक्षा अधिकारी र प्रश्न बनाउने शिक्षकलाई सामान्य स्पष्टीकरण गरेर छाडिएको थियो।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal