P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पाँचथरको सामूहिक हत्या अनुसन्धान गर्न एसएसपी खत्री नेतृत्वमा टोली परिचालन

  • प्रकाशीत मिती

    जेठ ७, काठमाडाैं ।

पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार ज्वाइँ(ससुराको घरका नौ जनाको मनसाययुक्त हत्या भएको छ।

नकाव लगाएर मध्यराति आएको समूहले ज्वाइँ–ससुराको घरमा हत्याकाण्ड मच्चाएको हो। भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमले नकाव लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताइन्। उनको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार भइरहेको छ।

धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारमा कसले किन हत्या गरायो यसको कारण खुल्न नसकेको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए।

‘घटनास्थल सिल गर्न लगाएर गरेर हामी सदरमुकामबाट हिँडेका छौं,’ कुँवरले भने। घटनास्थल सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ।

प्रहरीका अनुसार धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको शव घरभित्र र बाहिर विभत्स अवस्था भेटिएको छ।

हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।

दशमीबजारस्थित प्रहरी चौकीको टोली र रबि प्रहरीले घटनास्थल सुरक्षित गरिरहेको छ।

एक नम्बर प्रदेश प्रहरीका अनुसार हत्या अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री आफैं हिँडेका छन्। उनीसँगै क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानका लागि पाँचथर हिँडेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको प्रारम्भिक अनुसन्धानपछि टोली पठाउने तयारी गरेको छ।

‘यहाँबाट अनुसन्धानमा टोली पठाउने तयारी भइरहेको छ,’ ब्युरो निर्देशक निरजबहादुर शाहीले भने।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
एमालेका अध्यक्ष ओली र नेकपा संयाेजक प्रचण्डबीच भेटवार्ता
भोलि बिहान सात बजेसम्मका लागि थपियो कर्फ्यु
जाजरकोटको धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु
संखुवासभा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जनाको मृत्यु
रुकुमपश्चिम जिप दुर्घटना, ५ जनाको मृत्यु, १० घाइते
साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २९ घाइते

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal