पुस १०, रामेछाप ।
रामेछाप दोरम्बा गाउँपालिका–२ का पूर्ववडाध्यक्षको हत्या भएको छ । बाबुराम तामाङको हत्या भएको जिल्ला प्रहरीले जनाएको छ । दोरम्बा गाउँपालिका–१ को थापागाउँमा आइतबार राति तामाङको एकदमै विभत्स तरिकाले हत्या गरी ढुंगाले थिचेर राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
४८ वर्षीय तामाङ ०५४ सालमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । अहिलेसम्म हत्याको सम्पुर्ण एकिन भने खुल्न सकेको छैन ।
यता, प्रहरीले भने घटनामा संलग्नको खोजी तथा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।