P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सरकारका विरोधीहरुले मास्क लगाएर हिंड्न थाले !

  • प्रकाशीत मिती

    अशार २०, काठमाडाै‌ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नकै लागि विरोधीहरुले मास्क लगाएर हिंड्न थालेको तर्क गरेका छन् ।

काठमाडौंमा मास्क लगाउन नपर्ने भनि दिएको अभिव्यक्तिको आलोचना हुन थालेपछि बचाउ गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौंमा समाजवादी पार्टीका केही नेतालाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उनले आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिड्नै नसक्ने अवस्था रहेको तर अहिले त्यसमा सुधार आएको भनेको बताए ।

तर विरोधीहरुले सरकारको विरोध गर्नकै लागि मास्क लगाउन थालेको तर्क गर्दै ओलीले भने, ‘मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ । मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला । तर, यसले बाटो सफा गाउने हाम्रो काम रोकिँदैन ।’

आईफा अवार्ड रोक्न संसदीय समितिले दिएको निर्णयको आलोचना

प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा सरकारविरुद्ध षड्यन्त्रको तानाबाना बुनिएको भन्दै आलोचकहरुविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आईफा अवार्ड रोक्न यस्तै खेल भएको जिकिर गरे । 

उनले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउनकै लागि आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको टिप्पणी गरे ।

संसदीय समितिको निर्णयप्रति असन्तुष्ट उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनलाई अनधिकृतको संज्ञा दिए । 
प्रधानमन्त्री ओलीले ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो’ भने ।

प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक बीमा जस्ता लोकप्रिय कार्यक्रमको थालनीले सरकार सफल हुन आँट्यो भनेर अत्तालिएका मानिसहरुले यो हल्ला चलाउन थालेको भन्दै ओलीले सरकारको बचाउ पनि गरे ।चुनाव जित्न नसक्नेहरुले आलोचना त गर्न पाउनु पर्यो नि १ उनले व्यंग्य समेत गरे ।

नेकपा फुट्छ कि भन्ने सपना केहिले देखिरहेको भन्दै उनीहरुप्रति दयामात्र लाग्ने उनले बताए । उनले भने, ‘कसैलाई चाहिन्छ भने म लेखेर दिन्छु, यो पार्टी फुट्दैन । किनकी हामीले फुट्नलाई होइन, जुट्नलाई एकता गरेको हो ।’हिम्मत भए फुटाउने प्रयास गर्न चुनौति पनि उनले दिए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal