P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सरकार गठनपछि मात्रै पार्टी एकता गर्ने एमालेको प्रस्तावले माओवादी केन्द्र झस्कियाे !
" एमाले र माअाेवादीबीच मतभेदः सरकार पहिला कि एकता "

पुस ११,काठमाडौँ ।

पहिला सरकार बनाएपछि पार्टी एकता गर्ने एमालेको प्रस्तावले माओवादी केन्द्र झस्किएको छ ।मंगलबार बिहान विराटनगरमा बिनाविभागीय मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताए । मंगलबार नै काठमाडौंमा एक कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता लालबाबु पण्डितले सरकार गठन भएपछि मात्र एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने बताए ।
निर्वाचनअघि पार्टी एकताको लक्ष्यसहित वाम गठबन्धन बनाएर चुनावमा होमिएका नेताहरुको फरक भनाईले एमाले र माओवादी केन्द्रबीच बढ्दो दूरीलाई स्पष्ट बनाउँछ । यसले वाम गठबन्धन नेताहरुले समयको आवश्यकता महसुस गरेर रुपान्तरणसहित बनाएका होइनन् भन्ने पनि पुष्टि गर्दछ । दुवै पार्टीले पार्टी र सरकारभित्रको महत्वपूर्ण पद बार्गेनिङ गर्न सरकार पहिला कि एकता भन्ने बहसलाई अगाडि ल्याएको बुझ्न सकिन्छ ।
सरकार बनिसकेपछि पार्टी भित्रको महत्वपूर्ण पद खासगरी एकीकृत पार्टीको अध्यक्ष एमालेले नदिने र यसअघि भएको सम्झौताअनुसार आलोपालो प्रधानमन्त्री पनि एमालेले नमानेर आफूलाई लतारेर लैजाने आशंका माओवादी केन्द्रभित्र छ ।
सरकार बन्नुअगाडि नै एकता गर्दा प्रधानमन्त्रीको लागि पार्र्टी अध्यक्ष नै छाड्नुपर्ने र खासगरी माधव, झलनाथ र वामदेव गौतम पनि प्रचण्डको कित्तामा गएर आफूलाई संसदीय दलको नेताबाटै प्रचण्डले हराइदिने हो कि भन्ने ओली पक्षको डर रहेको बालकोट स्रोतले बताएको छ ।
सरकारले पठाएको विधेयक शितलनिवासमा अड्किएको बहाना बनाए पनि वाम गठबन्धन पद बाँडफाँडमा भागबण्डा नमिल्दा आफैंमा अलमलिएको देखिन्छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal