पुस १२,काठमाडौ ।
प्रहरीमा ठगीको एउटा अनौठो घटनाको उजुरी पर्दा सुरुमा प्रहरीलाई नै विश्वास लागेन । काठमाडौंमै बिहे गर्ने बहानामा बिहेअघि नै दाइजो ठगेको उजुरीमाथि प्रहरीले अनुसन्धान अघि वढाएको छ। भारतबाट काठमाडौंमा बिहेका लागि आएकी युवतीलाई भारतीय युवाले नै ठगेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका छन्।
भारत झारखण्डकी ती डाक्टर युवती र काठमाडौं सिनामंगल बस्ने डा. विशाल प्रतीक मिश्रबीच बिहेको टुंगो लागेपछि काठमाडौंमा टिकोटालो गर्ने सहमति भयो।
र्र्याडिसन् होटलमा भव्य पार्टीसहित ती युवती र विशालको इन्गेजमेन्ट भयो। टिकाटालोअघि नै केटी पक्षले रिद्धिसिद्धि ज्वेलर्समा ७ लाख रुपैयाँ बराबको गहना खरिद गरिदिए।
टिकाटालोपछि विशालका परिबारले असार ४ गतेका लागि बिहेको मिति तय गरे। डाक्टर छोरीको डाक्टर केटासँगै बिहे गर्दा राम्रो हुने देखेर विशालका परिवारमाथि कुनै शंका गरेनन्।
योजनाअनुसार युवतीका परिवार बिहेका लागि काठमाडौं आउदा विशाल बस्ने घरको ढोका बन्द थियो। अनेक तरहले केटाको खोजी भयो। तर केही पत्ता लागने।
पछि केटाले नै फोन गरेर तपाईंकी छोरीको शैक्षिक प्रमाणपत्र सबै नक्कली रहेछन् भन्दै बिहे नगर्ने बताएपछि मात्र केटीका परिवारले ठगिएको चाल पाए।
पीडित पक्षले बिहेको बहानामा केटाले १५ लाख रुपैयाँ ठगेको भन्दै प्रहरीमा उजुरी गरेका छन्। ठगीमा संलग्न केटा पक्षलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।