P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पुनर्निर्माण प्राधिकरण स्थापना दुई वर्ष पूरा,तर काम भने सुस्त

पुस १२,काठमाडौं ।
२०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्ष पूरा गरेको छ ।
सरकारले दुई वर्षअघि अर्थात् पुस १२ गते प्राधिकरण गठन गरे पनि त्यसले अझै प्रभावकारी काम गर्न सकेको छैन ।
राजनीतिक खिचातानीका कारण प्राधिकरणका कार्यकारी अधिकृत पटक पटक फेरिँदा पुनर्निर्माणले गति लिन नसकेको हो ।
स्थापनाको दुई वर्षमा प्राधिकरणले पुरातत्व विभागको अगुवाईमा ७९ वटा सम्पदाको मात्र पुनर्निर्माण सकाएको छ । अझै ३ सय १४ सांस्कृतिक सम्पदा निर्माणाधीन अवस्थामा छन् ।
भूकम्पले क्षतिग्रस्त शैक्षिक संस्थामध्ये ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणको दाबी छ ।
तर ७ हजार ५ सय ५३ शैक्षिक संस्था पुनर्निर्माण हुनुपर्नेमा अहिलेसम्म २ हजार ७ सय ७१ वटा मात्र निर्माण भइसकेका छन् ।
निजी आवास पुनर्निर्माणले भने गति लिन सकेको छैन । अहिलेसम्म ४० प्रतिशत मात्रै निजी आवास निर्माण सकिएको प्राधिकरणले जनाएको छ ।
अहिलेसम्म ७९ हजार ५ सय १४ वटा घर निर्माण भए पनि अझै १ लाख ९४ हजार १ हजार ९६ घर निर्माण बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal