P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

किन पुगे ओली र दाहाल राष्ट्रपति कार्यालय शितल निवास ?

पुस १३,काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । राष्ट्रियसभासम्बन्धी अध्यादेश पारित नगर्न ओली र दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः दबाब दिने स्रोतले बताएको छ।
राष्ट्रपति भण्डारी र नेताद्वय ओली तथा दाहालबीच नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने स्रोतले जनायो। एमाले र माओवादीले अध्यादेश कुनै पनि हालतमा पारित गर्न नहुने बताउँदै आएको छ। कांग्रेस र राजपालगायत दलहरूले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश तुरुन्त प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई दबाब दिँदै आएका छन् ।
राष्ट्रपतिले पनि प्रमुख दलबीच सहमति नभएसम्म अध्यादेश स्वीकृत नगर्ने बताउँदै आएकी छिन्। कांग्रेसले अध्यादेश पारित नभएसम्म सरकार नछोड्ने अडान राखेका कारण नयाँ सरकार गठनमा समेत कठिनाइ उत्पन्न भएको छ।
कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रियसभा गठन हुनुपर्ने अडानमा छ भने एमाले र माओवादी बहुमतीय प्रक्रियाको पक्षमा छन्। यसैबीच राष्ट्रपतिसँगको भेटपछि एमाले– माओवादी एकता समिति बैठक वा दुई पार्टीका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ।
दुई दिन अघि ठोरी पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठोरीलाई प्रदेश नं ३ मा गाभ्ने उदघोष गरेका थिए । यसअघि ठोरी गाउँपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्न सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal