P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अन्तत रानिपाेखरी मल्लकालीन शैलिमै बन्नेभाेः सल्लाहकार रञ्जु दर्शनालाई बनाईयाे

१३ पुस,काठमाडौं ।
प्रताप मल्लकालीन पुरानै निर्माण समग्री, शैली र स्वरुप प्रयोग गरेर रानीपोखरीको पुनःनिमार्ण गरिने भएको छ ।महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेर यस्तो निर्णय गरेको हो ।
यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना छन् । विशेषज्ञ समितिको प्रतिवेदन आएर अर्को निर्णय नभएसम्म पुनर्निर्माणको काम रोक्ने निर्णय भएको मेयर विद्यासुन्दर शाक्यले बताए ।
रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए । पछिल्लो पटक उपमेयर हरिप्रभा खड्गीकै उपस्थितिमा उनीहरुले ताला समेत लगाएका थिए । तर, मेयर शाक्यले ताला तोडेपछि विवाद उत्कृर्षमा पुगेको थियो ।
इतिहासमा उल्लेख भएअनुसार प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal