P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

विधिले धेरै ठगेका एमालेका समानुपाति उम्मेदवार !

पुस १४,काठमाडौं ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएसँगै एमालेका धेरै समानुपाति उम्मेदवारहरुले पनि मनको लड्डु घिउसितु खान थालिसकेका थिए होला । समानुपातिकमा पहिलो पार्टी बनेसँगै झण्डै ४० को हाराहारीमा सिट प्रतिनिधि सभामा र ७५ जना प्रदेश सभामा सांसद् बन्ने तय भएको थियो ।

यसमा नेताका आसेपासेदेखि धेरैले मुख मिठ्याएर बसेका थिए । तर, विडम्बना नै भन्नुपर्छ विधिका कारण उनीहरुमध्ये धेरैको मन कुँडिएको छ । उनीहरु मध्ये धेरैलाई विधिले ठगेको छ । पुरुष भएकै कारण धेरै समानुपातिक उम्मेदवारहरु सांसद् बन्नबाट बञ्चित हुनुपरेको छ ।

एमालेले शुक्रबार बुझाउनको लागि ७५ जना प्रदेश सभा सदस्यको नामावली तयार पारेको छ । विहिबार पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको सूची तयार पारेको हो । यसरी तयार पारेका मध्ये प्रदेश २ मा २ जना र प्रदेश ४ मा १ जना मात्रै पुरुष सिफारिसमा परेका छन् । प्रदेश १, ३, ५,६ र ७ बाट महिला मात्रै सिफारिसमा परेका छन् ।

पार्टीले हरेक प्रदेशमा पाएको कुल सिटको एक तिहाई अर्थात् ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था अनुरुप समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला छन् । प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट प्राप्त गरेको छ । एमालेका सांसद्हरु यही विधिका कारण प्रतिनिधि सभामा त एकजना पनि सांसद् पुरुष नबन्ने सम्भावना रहेको छ । ३३ प्रतिशत महिलाहरु हुनुपर्ने संबैधानिक प्रावधान अनुसार एमालेका पुरुष उम्मेदवारहरु सांसद् बन्नै नसक्ने अवस्था आएको हो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal