P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

एमसीसीको ट्रान्समिसन लाइनले चिनियाँ रेलको बाटो छेक्छ : नेकपा नेता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य लीलामणि पोखरेलले चीनबाट रेल आउने बाटो छेक्ने गरी अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत ट्रान्समिसन लाइन बनाउन लागेको बताएका छन्।

पुष्पलाल मित्रता केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले एमसीसीको विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

‘हामीले चीनबाट रेल ल्याउने कुरा गरेका छौं। त्यही रेलको बाटोमा पार्ने गरी ट्रान्समिसन लाइन बनाउने गरी परियोजना तय गरिएको छ,’ पोखरेलले भने, ‘यो परियोजनाका डीपीआर अहिलेसम्म सार्वजनिक पनि गरिएको छैन।’

पोखरेलले एमसीसी परियोजना अन्तर्गत विद्युतीय प्रसारण लाइन काठमाडौँको लप्सीफेदी हुँदै नुवाकोट रातमाटे पुर्‍याउने र त्यसपछि हेटौँडा हुँदै तनहुँ पुर्‍याउनुको औचित्यमाथि समेत प्रश्न उठाएका छन्।

ुतनहुँबाट किन पाल्पा हुँदै बुटबल लैजान खोजेको हो, त्यसबारे सञ्चारमाध्यमले खोज्न जरुरी छ,’ पोखरेलले भने, ‘उनीहरुले गर्ने भनेको आयोजनाको डीपीआर माग्नुहोस्, त्यसबाट सबै कुरा छर्लंग भइहाल्छ।’

पोखरेलले एमसीसीबारे लेख्न नेपाली सञ्चारमाध्यम डराएको आरोप पनि लगाए।

एमसीसीले नेपाललाई घाटा हुने भन्दै त्यसलाई नेकपा नेतृत्वले पारित नगर्नेमा आफू विश्वस्त रहेको उनले बताए। ‘एमसीसीबाट देशलाई पूरै घाटा छ। त्यस्तो विषय नेकपाका नेताहरुले पारित नगर्ने विश्वासमा छु,’ पोेखरेलले भने।

परियोजनाको सुरक्षाको कसले गर्ने भन्ने विषयमा समेत पोखरेलले प्रश्न उठाए। ‘परियोजनाको सुरक्षाको चेकपोस्ट कहाँकहाँ रहने होरु त्यसको सुरक्षा कसले गर्छरु नेपालीले कि अमेरिकी सुरक्षाकर्मीले’ पोखरेलको प्रश्न थियो।

संसदमा अनुमोदनका लागि दर्ता भएको एमसीसी पारित गर्ने विषयमा नेकपाभित्र मतभेद छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भाषणहरुको दुई संग्रह सार्वजनिक गरिएको सो कार्यक्रममा सहभागी भएका अन्य नेकपाका नेताहरुले समेत एमसीसीको विरोध गरे।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले एमसीसी परियोजनामा संलग्न रहने अमेरिकी नागरिकलाई फौजदारी अपराधमा संलग्न भएपनि नेपालमा मुद्दा चलाउन नपाउने सर्त सम्झौतामा हुनु गलत भएको बताए।

‘अहिलेसम्म यो सुविधा कूटनीतिज्ञहरुलाई दिइँदै आएको थियो। विकास निर्माण परियोजनामा काम गर्ने विदेशीले त्यस्तो पाउने गरेका थिएनन्,’ खतिवडाले भने।

कार्यक्रममा दुवै नेताहरुले एमसीसीमा रहेका विभिन्न सर्तहरुले नेपाललाई समान हैसियत प्रदान नगरेको बताएका थिए।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal