P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सन्दीप सम्मिलित मेलबर्नको लगातार दोस्रो हार

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा मेलबर्न एडिलेड स्ट्राइकर्ससँग पराजित भएको हो ।

एडिलेडको घरेलु मैदानमा भएको खेलमा प्रतियोगिताको बलियो टोलीको रुपमा रहेको मेलबर्न ११ रनले पराजित भएको हो । एडिलेडले दिएको १६३ रनको लक्ष्य पछा्एको मेलबर्नले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५१ रन बनायो ।
यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एडिलेडले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६२ बनाएको थियो । आजको खेलमा ३ ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेका थिए ।

प्रतियोगिताको १३ खेल खेलेको मेलबर्न १० खेलमा जित र तीन खेलमा हारसँगै तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नको २० अंक छ । जित निकालेको एडिलेड १२ खेलमा ७ जित ४ हार सहित १५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले १२ खेलमा १४ विकेट हात पारिसकेका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal