P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सुपर ओभरमा भारत विजय, दुई खेल अगावै सिरिज कब्जा

। सुपर ओभरमा जित निकाल्दै भारतले न्युजिल्यान्डविरुद्धको पाँच टि–ट्वान्टी सिरिज दुइ खेल अगाबै कब्जा गरेको छ ।

बुधबार भएको तेस्रो टि–ट्वान्टी खेलमा सुपर ओभरमा रोमाञ्चक जित निकाल्दै भारतले न्युजिल्यान्डविरुद्धको पाँच टि–ट्वान्टी सिरिज दुई खेल अगाबै कब्जा गरेको हो ।

सुपर ओभरमा १८ रनको लक्ष्य पच्छाएको भारतका लागि रोहित शर्माले उत्कृष्ट प्रदर्शन गरे । उनले अन्तिम दुई बलमा छक्का प्रहार गर्दै सिरिज भारतको पक्षमा पारे ।

सुपर ओभरमा न्युजिल्यान्डले १८ रनको लक्ष्य दिएको थियो । जसमा कप्तान केन विलियम्सनले १२ तथा मार्टिन गुप्टिलले ५ रन बनाएका थिए ।

त्यसअघि १ सय ८० रनको लक्ष्य पच्छाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७९ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरअघि न्युजिल्यान्डका लागि कप्तान केनले ९५ रन बनाएका थिए । शतक बनाउन ५ रनबाट चुकेका कप्तान केनले ४८ बलमा ८ चौका र ६ छक्का प्रहार गरेका थिए ।

मार्टिन गुप्टिलले ३१ रन बनाउँदा कोलिन मुन्रोले १४ रन बनाए ।

भारतका मोहमद समी र सार्दुल ठाकुरले २(२ विकेट लिए । रविन्द्र जडेजा र युज्भेन्द्र चहालले १–१ विकेट लिएका थिए ।

पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले अर्धशतक बनाएका थिए । ४० बल खेलेका रोहितले ६ चौका ३ छक्काको मदतमा ६५ रन बनाएका थिए ।

कप्तान विराट कोहलीले ३८ रनको योगदान दिदाँ केएल राहुलले २७ तथा श्रेयस ऐयरले १७ रन जोडे । मनीष पाण्डेले १४ रन बनाउँदा रवीन्द्र जडेजले १० तथा शिभम डुबीले ३ रन बनाएका थिए ।

न्युजिल्यान्डका हमिस बेन्नेटले सर्वाधिक ३ विकेट लिए । कोलिन डि र मिचेल सान्टनरले १–१ विकेट लिए । जितसँगै सिरिज ३–० ले कब्जा गरेको भारतले चौथो टि–ट्वान्टी शुक्रबार खेल्नेछ । यसअघि भारतले पहिलो टि–ट्वान्टी खेलमा ६ तथा दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal