P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, ब्याक गरेर मारेको भन्दै आगजनी

  • प्रकाशीत मिती

    माघ १७, गाेरखा ।

शुक्रबार बिहान गोरखा नगरपालिकामा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

गोरखा १० स्थित गोरखकाली क्रसर उद्योगको ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा गोरखा १० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए।

घर नजिकैको विद्यालयमा दूध पुर्‍याउन जाँदै गर्दा बिहान तामाङलाई टिपरले ठक्कर दिएको हो।

ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन्। टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गर्नुका साथै क्रसर उद्योगका अन्य पाँचवटा टिपरमा तोडफोडसमेत गरेका छन्।

‘दोषीमाथि कारबाही र क्षतिपुर्तीको माग गर्दै स्थानीयले अहिले घटनास्थलमा प्रदर्शन गरिरहेका छन्,’ डिएसपी खतिवडाले भने, ‘पीडित पक्षसँग वार्ता गरेर समस्या समाधानको पहल भइरहेको छ। सीडीओसापको उपस्थितिमा पीडित पक्षसँग वार्ता गर्ने तयारी हुँदैछ।’

पीडित परिवारले शव उठाउन नमानेका र उद्योग बन्द गर्न माग गरेका खतिवडाले बताए।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal