P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नयाँबसपार्कमा अनैतिक धन्दामा संलग्न ७३ पक्राउ

  • प्रकाशीत मिती

    माघ १९, काठमाडाै‌ ।

प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति, बिसङ्गति अन्त्यका लागि नयाँ बसपार्क शुद्धीकरण अभियान सञ्चालन गरेको जानकारी दिए। “बसपार्क क्षेत्रमा बसेर लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति गर्ने÷गराउने, तोकिएको मापदण्ड पालना नगरी बिचौलिया राखेर यात्रुलाई हैरानी दिनलाई पक्राउ गरेका छौँ”, उनले भने ।

पक्राउ पर्नेमा उर्वसी डान्सबारका सञ्चालक, नमस्ते डान्सबारका मेनेजर, दर्शन नमस्ते रेष्टुरेन्टका सञ्चालक, गोरखा मनकामना गेष्टहाउसका सञ्चालकलगायत छन् । पक्राउ परेकासँग प्रहरीले लागुऔषध गाँजा र नाइट्राभेट ट्याब्लेटसमेत बरामद गरेको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाउनका लागि सबै लाग्नुपर्ने बताए । “नयाँ बसपार्क विस्तारै सुध्रिँदै गएको छ, बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलाप र बिचौलिया रोक्नु जरुरी छ”, उनले भने ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँ बसपार्क क्षेत्रलाई आकर्षक क्षेत्रको रुपमा विकास गर्न यहाँभित्र रहेका विकृति विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरेको बताए । प्रहरीले पक्राउ परेकालाई आवश्यक अनुसन्धान गरी मुद्दासमेत चलाउने तयारी गरेको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’
नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal