नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले नेतृत्वसामू प्रश्नैप्रश्न तेर्स्याएका छन् । १५ वटा समूहमा उठेका प्रश्नको जवाफ अध्यक्षद्वयले दिनेछन् । एक केन्द्रीय सदस्यका अनुसार अध्यक्षद्वयकै उपस्थितिमा एकजनाले मात्रै पनि जवाफ दिन सक्नेछन् ।
नेतृत्वसामू केन्द्रीय सदस्यहरुले एमसीसी पारित किन ? नेताहरुबाटै गुटबन्दी, पार्टीका बैठक किन बस्दैनन् ? मन्त्रीले किन फोन उठाउँदैनन् ? नेताहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने कि नगर्ने ?लगायतका प्रश्न उठाएका छन् ।
यसअघि नेकपा केन्द्रीय सदस्य राजेन्द्र राईले पार्टीका नेताहरुको ताल देख्दा जोगी बनेर हिँड्न मन लागेको बताएका थिए ।
समूहको तर्फबाट धारणा राख्दै उनले भनेका थिए, “पार्टीका नेताको ताल देख्दा ३, ४ वटा कमण्डलु बोकेर जोगी भएर हिँड्न मन लाग्छ । न पार्टी छ न संगठन । त न पार्टीले केही कार्यक्रम लिएर हिँड्न सकेको छ । यस्तो अवस्थामा जोगी बन्नुको के विकल्प हुन्छ ?”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले नेतृत्वसामू प्रश्नैप्रश्न तेर्स्याएका छन् । १५ वटा समूहमा उठेका प्रश्नको जवाफ अध्यक्षद्वयले दिनेछन् । एक केन्द्रीय सदस्यका अनुसार अध्यक्षद्वयकै उपस्थितिमा एकजनाले मात्रै पनि जवाफ दिन सक्नेछन् ।