P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

१० दिनमा तयार भएको चीनको अस्पताल, सोमबारबाट प्रयोगमा आउँदै

कोरोनाभाइरस संक्रमणको केन्द्रविन्दु मानिएको चीनको हुबेइ प्रान्तको वुहानमा भाइरसबाट संक्रमित बिरामीहरुको उपचारको लागि लक्षित गरेर चीन सरकारले १० दिनमा अस्पताल तयार गरेको छ ।

हुओसेन्सान ९अग्नि देवताको पहाड० अस्पताललाई आइतबार हस्तान्तरण गरिएको हो । यस अस्पतालमा सोमबारबाट चिनियाँ सेनाका १४ सय मेडिकल स्टाफले उपचार सुरु गर्ने चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । तीमध्ये ९५० जना चीनको जनमुक्ति सेनाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् भने ४५० जना सेना, जलसेना र वायुसेनाका मेडिकल विश्वविद्यालयका स्वास्थ्यकर्मी रहेका छन् ।

गत जनवरी २३ मा १ हजार शैय्या क्षमता भएको हुओसेन्सान अस्पतालको निर्माण शुरु गरिएको थियो ।

यसअघि सन् २००३ मा सार्सको महामारीका दौरान पनि बेइजिङमा सियाओताङसान अस्पताल एक हप्ताभित्रै तयार गरिएको थियो ।

जब फाङ सियाङ र उनको टोलीले हुओसेन्सान अस्पताल बनाउने जिम्मा पाए, उनीहरुलाई यो ‘मिसन इम्पोसिबल’ ९पूरा गर्न नसकिने मिसन० लागेको थियो । ‘यस आकारको परियोजनाका लागि कम्तिमा दुई वर्ष लाग्छ,’ चाइना कन्सट्रक्सनको थर्ड कन्सट्रक्सन कम्पनी लिमिटेडका प्रोजेक्ट म्यानेजर फाङले भने, ‘एउटा अस्थायी भवन निर्माणका लागि पनि कम्तिमा एक महिना लाग्छ, यहाँ त एउटा अस्पताल नै बनाउनुपर्ने थियो ।’

जनवरी २३ देखि फेब्रुअरी १ सम्म वुहानमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या ४ सय ९५ देखि ४ हजार १ सय ९ पुगेको थियो ।

वुहानको दक्षिण पश्चिममा रहेको झियान ताल नजिकै यो अस्पताल निर्माण गरिएको छ । मानिसहरु बसोबास गर्ने स्थानबाट यसलाई टाढा बनाइएको छ । जसमा यातायात, पाइपलाइनका साथै खानेबस्ने सुविधा रहेको छ ।

अधिकारीहरुले ५ घण्टा बसेर यस अस्पतालको डिजाइनको छलफल गरेका थिए भने २४ घण्टाभित्र यसको डिजाइनको ड्राफ्ट तयार गरेका थिए ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले शनिबार २५ सय बढी कोरोनाभाइरस संक्रमित नयाँ बिरामी देखिएको र ४५ जनाको संक्रमणबाट मृत्यु भएको जनाएको थियो । मृत्यु हुने सबै हुबेइ प्रान्तका रहेका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal