P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या १४ सय ८६ पुग्यो, ६५ हजार बढी संक्रमित

  • प्रकाशीत मिती

    फाल्गुन २ , शुक्रबार ।

चीनमा माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको छ ।

कोरोनाको संक्रमणबाट ६५ हजार १ सय ९१ जना संक्रमित भएका छन् । बिहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८६ पुगेको सीएनएनले जनाएको छ । 

कोरोनाको संक्रमणका कारण चीनबाहेक हङकङ, फिलिपिन्स र जापानमा एक-एक जनाको मृत्यु भएको छ ।

हुवेइमा मात्र कोरोना संक्रमित ३६ हजार ७ सय १९ जना अस्पताल भर्ना भएका छन् । जसमध्य १ हजार ६ सय ८५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २.२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ ।

अन्य भाइरसको अनुपात भने १.३ रहेको उनीहरुले बताएका छन् । हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन । यो भाइरस ३० वटा भन्दा बढी देशमा फैलिइरहेको छ ।

कोरोनाको भाइरसको उद्गम मानिएको चीनको वुहान क्षेत्र सवैभन्दा बढी प्रभावित बनेको छ ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोली चीनमा संक्रमणको उपचार तथा रोकथाममा जुटिरहेको छ ।

धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार प्रकोप फैलने दर कम भए पनि मृत्यु हुनेको संख्या नघटेकाले तत्कालै नियन्त्रणमा आउला भने पूर्वानुमान गर्न नसकिने जनाएका छन् ।

कोरोना संक्रमण सर्ने जोखिम २० प्रतिशतले घटेको दाबी गर्दै चीनले चाँडै भाइरसको संक्रमण नियन्त्रणमा लिने आश्वासन दिदै आइरहेको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal