P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

वुहानमै रोकिएका ६ नेपालीको स्वास्थ्य सामान्य

कोरोना भाइरस फैलिएको चीनको वुहानमा रोकिएका सबै ६ जना नेपालीको स्वास्थ्य सामान्य देखिएको छ।

उनीहरुको स्वास्थ्य जाँच रिपोर्टमा कोरोना (कोभिद १९) संक्रमण नदेखिएको बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले जनाएका छन्। गत शनिबार राति नेपाल प्रस्थानअघि एयरपोर्टमा ६ जना नेपालीहरुको तापक्रम बढी देखिएपछि उनीहरुलाई शंकास्पद भनी उतै रोकिएको थियो। त्यसपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो।

 ‘६ जनाले स्वास्थ्य परीक्षण रिपोर्टमा मंगलबारसम्म कोरोना संक्रमण नदेखिएको हामीलाई जानकारी गराउनु भनेका थियौं,’ चीनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुशील लम्सालले बेइजिङबाट भने, ‘आजसम्म हामीलाई कसैले पनि पोजिटिभ भएको कुनै खबर गर्नुभएको छैन।

यसको मतलब यता रोकिएका सबै नेपालीको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु स्वास्थ्य छन्।’ सरकारले हुपेई प्रान्तबाट १ सय ८५ जना नेपालीहरु शनिबार राति स्वदेश फर्काउँदै थियो। तीमध्ये ४ जनाले अन्तिम समयमा चीनमै बस्ने निधो गरेका थिए। तीन जनाको एक परिवारसहित थप ३ जना पुरुषको शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियसभन्दा बढी देखिएपछि उनीहरुले नेपाल फर्किन पाएका थिएनन्। 

‘तीन दिनसम्म परिक्षण रिपोर्ट आइसक्छ। आजसम्म कसैले पोजिटिभ भएको जानकारी गराएका छैनन्,’ लम्सालले थपे। ती ६ जनालाई उनीहरु बसिरहेको होस्टलमा शनिबार नै फर्काइएको थियो। शंकास्पद मानिएपछि होस्टललाई नै क्वारेन्टाइनका रुपमा प्रयोग गरी उनीहरुको स्वास्थ्य जाँच पनि गरिएको थियो।

अझै पनि उनीहरु क्वारेन्टाइनमै रहेकाले नेपाल फर्किने तत्काल कुनै सम्भावना नरहेको लम्सालले बताए। हुपेई प्रान्तबाट आइतबार बिहान स्वदेश ल्याइएका १ सय ७० जनालाई भने हाल खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal