एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दा युभेन्ट्सले सिरि ए फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले एसपीएललाई २–१ गोल अन्तरले हराएको हो । शनिबारको खेलमा रोनाल्डोले कीर्तिमानी गोल गरे ।
योसँगै रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न समेत सफल रहेका छन् । जितसँगै युभेन्ट्स शीर्ष स्थानमा छ । २५ खेल खेलेको रियलको ६० अंक छ । तालिकाको पुछारमा रहेको एसपीएलको १५ अंक छ ।
रोनाल्डो करियरको एक हजार खेल पूरा गरेका छन् । रोनाल्डोले स्पोर्टि«, म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्ट्समा गरि हजार खेल पूरा गरेका हुन् । खेलको ३९ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।
६० औँ मिनेटमा राम्सेले गोल गर्दै युभेन्ट्सको अग्रतालाई दोब्बर पारे । उता आन्दीया पेटेगनले खेलको ६८ औँ मिनेटमा एक गोल फर्काए ।