एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा रियल सिटीसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
रियलको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन ग्रावियल जिजस र केभिन डी ब्रुयनाले एक–एक गोल गरे । उता रियलका लागि इस्कोले एक गोल गरे ।
खेलमा सुरुआती अग्रता भने रियलले लिएको थियो । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । रियलका लागि खेलको ६० औँ मिनेटमा इस्कोले गोल गर्दै अग्रता दिलाए । ७८ औँ मिनेटमा जिजसले बराबरी गोल फर्काए । ८३ औँ मिनेटमा डी ब्रुयनाले गोल गर्दै सिटीलाई जित दिलाए ।
८६ औँ मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खाँदा रियल १० खेलाडीमा सिमित भएको थियो । रामोसले सिटीसँगको दोस्रो लेगको खेल गुमाउने भएका छन् ।