P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

खुमलटारमा ओली बाहेक नेकपाका शीर्ष नेताको बैठक

  • प्रकाशीत मिती

    फाल्गुन १६, काठमाडाै‌ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निजी निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका शीर्ष नेताहरु अर्का अध्यक्ष प्रचण्डको निवासमा छलफलमा जुटेका हुन् ।

छलफलमा अध्यक्ष प्रचण्डका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलगायत सहभागी भएका जनाइएको छ ।

पार्टीमा पछिल्लो समय देखिएको समस्या त्यसको समाधानका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

पछिल्लो समय बुधबार बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले चुनौती दिएपछि नेकपामा आन्तरिक विवाद चुलिएको छ ।

विवादका बीच बिहीबार राजधानीमा आयोजित बाग्मती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा भने नेताहरुले पार्टी भित्र समस्या देखिए पनि छिट्टै समाधान हुने जनाएका थिए ।

शुक्रबार बिहान करिब ८ बजेदेखि प्रचण्ड निवास खुमलटारमा शुरु भएको छलफल पनि पछिल्लो समस्या समाधानमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘पछिल्लो समय प्रधानमन्त्रीज्युले पार्टी निर्णय नमान्ने भनेर चुनौती दिएको विषय सार्वजनिक भएको छ । तर, विवाद त्यहि हदसम्मको त हैन ।

यद्यपि प्रधानमन्त्रीज्युसँग भेट गर्नुभन्दा अगाडि पार्टीले गरेको निर्णयका विषयमा पुनः केही वीमर्श गर्ने भनेर नेताज्युहरु अध्यक्ष (प्रचण्ड)कहाँ भेला हुनुभएको हो ।’

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal