P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

  • प्रकाशीत मिती

    फागुन २२, गाेरखा ।

गोरखाको मान्बुमा जीप दुर्घटना हुँदा घाइते भएका धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरूङलगायत घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार विहान घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको घटनास्थलमा रहेका नेपाल रेडक्रस सोसाइटीका सुवास घिमिरेले जानकारी दिए।

दुर्घटनाका घाइते गाउँपालिका उपाध्यक्ष गुरूङ, जीप चालक बालचन्द्र गुरूङ, धनबहादुर गुरूङ, टेयरसिंह गुरूङ, सुरज नेपाल, निशा गुरूङ र सर्मिला गुरूङलाई काठमाडौं पठाइएको उनले बताए।

मंगलबार राति बा १ च ५५०५ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा धार्चे गाउँपालिका वडा नम्बर ६ का सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको थियो भने गाउँपालिका उपाध्यक्षसहित सात जना घाइते थिए।

गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार घाइतेलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गराइएको थियो। थप उपचारका लागि घाइतेहरूलाई हेलिकप्टरबाट काठमाडौं लगेको उनले जानकारी दिए। घाइतेहरूको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

जीप चालक बालचन्द्र गुरूङको अवस्था गम्भीर छ। उनको शरीरमा चोटपटक लागेको छ। गाउँपालिका उपाध्यक्ष गुरूङको नाकमा चोट लागेको छ। अरू घाइतेको खुट्टामा चोट छ।

सिमसिम पानी परिरहेका बेला कच्ची सडकको घुम्तीबाट चिप्लेर जीप दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal