P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

गृह मन्त्रालयको आग्रह: होली नेखेल्नू, कोरोना सर्न सक्छ

कोरोना भाइरसको संक्रमण फैलिने खतरा रहेकाले यस वर्ष फागु (होली) पर्व नमनाउन गृह मन्त्रालयले सबै नागरिकलाई आग्रह गरेको छ।

होली मनाउन भिडभाड गर्ने, लोलापानी फ्याँक्ने, रङरअबिर दल्ने गर्दा कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिन जोखिम बढ्ने भएकाले यसपटक होली नमनाउन गृहले विशेष आग्रह गरेको हो।

‘भिडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम कोभिड १९ को सम्भावित जोखिमका सन्दर्भमा हाललाई स्थगित गर्न र सन्निकट होलदीमा विगतमा जस्तै भिडभाड, भेला जम्मा हुने, लोलापानी फ्याँक्ने, शरीरमा रङ, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नरनगराउन हुन आम दाजुभाइ, दिदीबहिनीहरूमा अनुरोध छ,’ शनिबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भनेको छ।

यस वर्ष फागु पूर्णिमा भोलि सोमबार परेको छ। पहाडी भेगमा सो दिन फागु पर्व मनाउने चलन छ भने तराई भेगमा त्यसको भोलिपल्ट होली मनाउने चलन छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा कोरोनाको त्रास फैलिएको मौकामा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबाजरी गरेको पाइएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि आग्रह गरिएको छ।

साथै कोरोनाको भ्रममा परेर दैनिक उपभोग्य वस्तु एवं खाद्यपदार्थ भण्डारणमा नहतारिन पनि गृहले अनुरोध गरेको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal