P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

प्रधानमन्त्रीलाई थप उपचारका लागि सिंगापुर लैजाने हल्ला मात्र

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको आज एक साता पुगेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार भइरहेपनि उनलाई अझै केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्य सिंह शाहले प्रधानमन्त्री ओलीलाई छिट्टै अस्पतालबाट डिस्चार्ज गरिने बताएकी थिइन् ।

उनले प्रधानमन्त्रीका परिवारले नै केही दिन अस्पतालमा राख्न आग्रह गरेकाले प्रधानमन्त्री ओलीलाई डिस्चार्ज नगरीएको बताएकी थिइन् । तर, मिर्गौला प्रत्यारोपण गरेको एक साता पुगेकै दिन प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएकाले सिंगापुर लागे तयारी भएको भन्ने समाचारहरु सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री ओलीलाई थप उपचारको लागि सिंगापुर लैजाने कुरा गलत हल्ला भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले भने, त्यो एक सय एक प्रतिशत झुट हो, अनावश्यक स्रोतको हवला दिएर दुष्प्रचार नर्गन म आब्हान गर्छु ।

प्रधानमन्त्री ओलीको डिस्चार्जको विषयमा थापाले भने, ‘उहाँको उपचार गर्ने चिकित्सकको निर्णय अनुसार प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिँदै छ । बजारको हल्ला हेरेर डिस्चार्ज गरिहाल्ने कुरा हुँदैन ।’

थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षित गतिमा सुधार भइरहेको छ ।

सामाजिक सञ्जालमा थापाले लेखेका छन्,’ उहाँले हिडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले दार्‍ही काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ ।’

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal