P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नेकपाको स्थायी कमिटी बैठक आज

  • प्रकाशीत मिती

    साउन ४, काठमाडौं ।

काठमाडौं– पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो ।

गत असार १० गते सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि फुटको संघारमा पुगेको नेकपाको विवाद तत्कालका लागि मत्थर हुने संकेत देखिएको छ ।

शनिबार भएको सचिवालय बैठकमा ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेपछि प्रचण्डले सहमति जनाएको बताइएको छ ।

योसँगै ओलीले तत्काल दुबै पदबाट राजीनामा दिन नपर्ने भएको छ । तर, अग्रिम महाधिवेशनको प्रस्तावमा माधवकुमार नेपालले असहमति राखेकाले अझै ठोस सहमति हुन सकेको छैन ।

पार्टी एकताको काम नै पूरा नभएको अवस्थामा आउने मंसिरमै महाधिवेशन गर्न सम्भव नहुने नेपालको भनाइ छ । वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि ओलीको प्रस्तावमा असहमत देखिएका छन् ।

अग्रिम महाधिवेशनको विषय दुई अध्यक्षको सहमतिमा मात्र नभई स्थायी कमिटी र केन्द्रीय कमिटीबाट टुंग्याउनुपर्ने नेता नेपालको माग छ । नेपालले दुई अध्यक्षबीचको सहमतिबाट मात्रै नभई पार्टी कमिटीबाट निर्णय हुनुपर्ने अडान लिएका छन् ।

सचिवालय बैठकलगत्तै शनिबार साँझ अध्यक्षद्वय ओली र प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए । राष्ट्रपतिको मध्यस्थतामा कुनै सहमति भएको अनुमान गरिएको छ तर त्यसबारे कुनै कुरा खुलाइएको छैन ।

प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा विवाद समाधानमा छलफल भए पनि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएको जानकारी दिएका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal