P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

वीरगञ्जमा मृत्यु भएकी किशोरीमा कोरोना संक्रमण पुष्टि

वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालका डाक्टर निरज सिंहका अनुसार बाराकी १७ वर्षीया किशोरीको मृत्यु भएको हो । ती किशोरीको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।

डा सिंहका अनुसार ती किशोरीलाई सुरुमा वीरगञ्ज हेल्थ केयरमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरले कोरोनाको आशंका गर्दै आरडीटी परीक्षण गर्दा एण्टीबडि पोजेटिभ देखिएपछि हिजो नारायणी कोरोना विषेश अस्पतालमा रेफर गरिएको थियो ।

डा सिंहका अनुसार उनको हिजो नै पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको थियो । उनको आज बेलुका मृत्यु भएको र पीसीआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

“उहाँलाई वीरगञ्ज हेल्थ केयरमा आरडीटी पोजेटिभ देखिएपछि हाम्रो अस्पतालमा हिजो बेलुका ९ बजे भर्ना गरिएको हो, हामीले हिजो नै स्वाब सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएका थियौं,” डा सिंहले भने, “उहाँको आज बेलुका मृत्यु भयो, भर्खरै पीसीआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ आयो ।”

डा सिंहका अनुसार ती किशोरी बाराको परवानीपुर गाउँपालिका-८ की हुन् । डा सिंहका अनुसार बारा र पर्सामा स्थानीयस्तरमा कोरोना संक्रमण भेटिएको छ ।

ती किशोरीलाई झाडापखाला,छारे रोग जस्तै काप्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले भने उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।

अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या  ४५ पुगेको छ ।

शुक्रबार मात्रै थप एक जना ८५ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै ज्यान गुमाउनेको संख्या ४४ पुगेको थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal