P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

विभिन्न १५ जिल्लामा भारी वर्षा, चार दिनसम्म सतर्क रहन आह्वान

  • प्रकाशीत मिती

    साउन १२, काठमाडौं ।

दुई वटा मौसमी प्रणाली सक्रिय रहँदा आज बिहानैदेखि विभिन्न १५ जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, तनहुँ, पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही र कपिलवस्तुका केही स्थानमा भारी वर्षा भएको छ ।

ती क्षेत्रमा भारी वर्षापछि स(साना खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्क रहन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।

यस्तै तीनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकाले कञ्चनखोला, तिनाउ नदीको तटीय क्षेत्र आसपासका साना खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।

मनसुन सक्रिय भएसँगै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन विभागले आह्वान गरेको छ।

आजदेखि मनसुन न्यून चापीय रेखा नेपालको तराई भू(भाग नजिक रहेको तथा तथा अरब‍ सागरबाटसमेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिएकाले ३र४ दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मौसमविद्का अनुसार देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै प्रदेश नम्बर १ र २ का थोरै स्थानमा पनि भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

चार दिन देशका विभिन्न नदी, खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal