P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने

चितवन, पुस २०

यही पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ । भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो ।

खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो । करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिनुभयो । यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको घोँगी र चिचर रहने छ । साथै थारु संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ ।

माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सव परिसरमा सजावटको काम भइरहेको छ । महोत्सवमा २०० कक्ष रहने छ । प्रचारप्रसार समितिका संयोजक कारी महतोका अनुसार महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु ५० तथा विद्यार्थीका लागि रु २५ शुल्क लाग्नेछ । वृद्धावृद्ध र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु संग्रहालय र इ–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal