P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

३५ हजार नेपालीको उद्धार

  • प्रकाशीत मिती

    साउन १३, काठमाडौं ।

भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ ।

त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

सबैभन्दा बढी यूएईबाट

विभिन्न एयरलाइन्सका उडानमार्फत संयुक्त अरब एमिरेट्स यूएईबाट सात हजार ७८५ जनाको उद्धार भएको छ । कुवेतमा आम माफी पाएका र अन्य अलपत्र परेकासहित पाँच हजार ५४९ जनाको उद्धार गरिएको छ ।

यस्तै साउदी अरबबाट पाँच हजार ६११, मलेसियाबाट पाँच हजार ३३३ जना र कतारबाट तीन हजार ९४१ जनाको उद्धार गरिएको हो । यस्तै अफगानिस्तान ३३, अस्ट्रेलिया ६३४, म्यानमारबाट २६, जापान ७५६, थाइल्यान्ड ३२६, दक्षिण कोरिया ४७६, बङ्गलादेश ८४१, माल्दिभ्स ७०९, श्रीलङ्का पाँच, सिङ्गापुर १४६, हङ्कङबाट ८९ र पाकिस्तानबाट ७२ जनालाई ल्याइएको छ ।

त्यसैगरी बहराइनबाट ९८०, ओमानबाट ४९२, अमेरिका ४२३, बेलायत २२९, इजरायल १२७, चीनबाट १०५ जना, टर्कीबाट ३४ जना र फिलिपिन्सबाट २०१ जना र इन्डोनेसियाबाट २० जनालाई स्वदेश फर्काइएको समितिले जनाएको छ ।

फर्केकामध्ये सबैभन्दा बढी बाग्मती प्रदेशका बासिन्दा रहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal