लकडाउनबारे निर्णय लिन आज प्रधानमन्त्रीले जनस्वास्थ्यविद्सँग छलफल गर्दै
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः लकडाउन गर्ने- नगर्नेबारे सुझाव लिन जनस्वास्थ्यविद्लाई आज मंगलबार बालुवाटार बोलाएका छन्। बिहान ११ बजे चिकित्सक, नर्स, जनस्वास्थ्यविद् तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाका प्रतिनिधिलाई बोलाएर प्रधानमन्त्रीले सुझाव लिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्रीले जनस्वास्थ्यविद्लाई बोलाएर सुझाव लिन लागेका हुन्।
कोरोना संक्रमितको संख्याका आधारमा क्षेत्रगत लकडाउन गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। तर, अब लकडाउन भए यसअघिको जस्तो देशैभर लकडाउन नहुने बताइएको छ।
सोमबार बेलुकासम्म देशभर कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ भने ५७ जनाको मृत्यु भइसकेको छ। निको भई घर फर्किनेको संख्या १४ हजार ९ सय ६१ रहेको छ।