P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नेपाली कांग्रेसले हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउनेबारे छलफल भएको छ ।

“यसअघि हामीले हाल कायम सदस्यताको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता बढाउने निर्णय गरेका थियौं । आजको छलफलमा अब शतप्रतिशत बढाउने कि भन्ने छलफल भएको छ,” बूढानीलकण्ठ बैठकमा सहभागी एक नेताले भने, “पदाधिकारी बैठकले निर्णय गर्ने कुरो भएन, तर यो विषय केन्द्रीय समितिबाट पास गरेर अब हामी क्रियाशील सदस्यता शतप्रतिशत बढाउँछौं ।”

हाल कांग्रेसका चार लाख ९८ हजार ४७६ क्रियाशील सदस्य छन् । कांग्रेसले यसअघि कुल क्रियाशील सदस्य संख्याको ५० प्रतिशत मात्रै नयाँ क्रियाशील सदस्यता बढाउने निर्णय गरेको थियो । आगामी महाधिवशेनलाई लक्षित गरेर हाल कायम संख्याको शतप्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गरे कांग्रेसका क्रियाशील सदस्यको संख्या झन्डै १० लाख पुग्नेछ ।

बूढानीलकण्ठ बैठकमा पार्टीको आशन्न महाधिवेशन, कोरोना महामारीले पुर्‍याउने असर, पार्टीका भ्रातृसंस्थाहरुको म्याद थप र विस्तार, १३औं महाधिवेशनको समयमा गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, १४औं महाविधेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, अन्य दलबाट आएका नेता-कार्यकर्ताहरुको समायोजनलगायत विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु गोपानमान श्रेष्ठ, अर्जुननरसिंह केसी रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal