साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनकाण्डमा फरार रहेका एक जना पक्राउ परेका छन्। पर्सा प्रहरी टोलीले बाराको निजगढबाट इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेकाे हाे।
सुनकाण्डमा सञ्जय पटेल अझै फरार छन्। उनकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ। उनकै गाडी नक्कली सुन बोक्न प्रयोग गरिएको थियो।
नक्कली सुन बरामद प्रकरणमा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी प्रहरीले यसअघि नै नियन्त्रणमा लिएकाे थियाे। महानगरीय प्रहरी वृत्त दरबारमार्गले बरामद गरेको भनिएको १५ किलो सुनमध्ये साढे १४ किलो चाँदीमा पहेँलो लेप लगाइएको नक्कली र आधा किलोमात्रै सक्कली सुन पाइएको थियो।
उक्त सुनसहित दुईवटा चाइनिज पेस्तोल पनि प्रहरीले बरामद गरेको थियो। प्रहरीले साउन १३ गते बिहान काठमाडौंको दरबारमार्गबाट नक्कली सुन र पेस्ताेल बरामद गरेकाे हाे।