P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

१३ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि आँखा फुटाइयो, जिब्रो काटियो

  • प्रकाशीत मिती

    साउन ३२, काठमाडौं ।

एजेन्सी भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थिती गाउँको एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । यहाँ १३ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कारपछि उनको आँखा फुटाइएको छ । यतिमात्रै होइन, उनको जिब्रो काटियो र उनलाई घाँटीमा डोरीले बाँधेर खेतमा घिसारिएको भारतीय सञ्चार माध्यम आजतकले बताएको छ ।

के हो घटना ?

स्रोतका अनुसार लखिमपुर खिरी जिल्लामा इसानगर थाना क्षेत्रको पकरिया गाउँमा बस्ने १३ वर्षकी बालिका आफ्नो घरबाट शौचका लागि खेतमा गएकी थिइन् । त्यति बेला गाउँकै स्थानीय दुई युवकले बालिकामाथि बलात्कार गरे र उनको हत्या गरिदिए । हत्या गर्नुअघि बालिकामाथि क्रुर व्यवहार गरियो । उनको आँखा फुटाइयो । जिब्रो काटियो र उनको घाँटीमा डोरीले बाँधेर उनलाई घिसारियो । पछि आरोपीले शवलाई घटनास्थलमा फ्याँकेर फरार भए ।

भारतीय सञ्चार माध्यम आजतकले भन्यो, ‘१३ वर्षकी यी बालिका शुक्रबार करिब एक बजे आफ्नो घरबाट शौचका लागि उखुबारीमा गएकी थिइन्  तर अबेर रातीसम्म घर नफर्कंदा उनको परिवारले छोरीको खोजी गर्न सुरु गरे । उनीहरुले प्रहरीलाई पनि यसबारे जानकारी दिए । परिवारले प्रहरीको समूहसहित बालिकाको खोजी गर्दा उनको शव भेटियो ।

गाउँका दुई युवक पक्राउः

प्रहरीका अनुसार स्थानीय सन्तोष यादव र सञ्जय गौतममाथि बालिकामाथि बलात्कार र हत्याको आरोप लगाइएको  छ । बालिकाको शवलाई पोस्ट मार्टमका लागि पठाइएको छ ।

शनिबार पोस्टमार्टम रिपोर्टमा बालिकामाथि सामूहिक बलात्कारको पुष्टि भयो । त्यसपछि प्रहरीले दुई आरोपीविरुद्ध हत्या र सामूहिक बलात्कारको मुद्दा दर्ता गरेर पक्राउ गरे ।  

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal