P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

दक्षिण कोरियामा विदेशी कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नु पर्ने

विदेशबाट दक्षिण कोरिया भित्रिएका कोभिड–१९ संक्रमित तथा स्वदेशमा नै रहेका तर नियन्त्रणका उपायलाई उल्लङ्घन गर्ने बिरामीले उपचार खर्च आफैं व्यहोर्नु पर्ने भएको छ।

कोरिया सरकारले सोमबारबाट लागु हुने गरी यो व्यवस्था गरेको हो।

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरियाले विदेशबाट आएका कोभिड-१९ संक्रमित बिरामीहरूलाई उनीहरूको मेडिकल सेवाको लागत भुक्तान गर्न अनुरोध गर्नेछ।

यही अगष्ट २४ देखि देशले कूटनीतिक सम्बन्धमा पारस्परिक सम्बन्धको सिद्धान्तलाई ध्यानमा राखेर विदेशीहरूलाई फरक रकम लगाउने दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म दक्षिण कोरियाले स्वदेशी तथा विदेशी सबै कोभिड–१९ विरामीहरूलाई निःशुल्क चिकित्सा सेवाहरू प्रदान गर्दै आएको थियो।

महामारी लामो समयसम्म अन्त्य नहुँदा करदाताहरूलाई थप भार पर्ने भन्दै सरकारले विदेशी बिरामीहरूलाई बोझ बाँड्न आह्वान गरेको हो। दक्षिण कोरिया यसको निःशुल्क शुल्कको उपचार नीति परिवर्तन गर्दा आउने कूटनीतिक समस्याबारे सचेत रहेको छ।

यद्यपि समुदायमा सङ्क्रमण नियन्त्रणका लागि अझै पनि भाइरस संक्रमित विदेशीलाई आवश्यकता अनुसार केही वा सबै खर्चमा छुट दिने सरकारी अधिकारीहरूले बताएका छन्।

दक्षिण कोरियामा विगत पाँच महिना यता आइतबार संक्रमितको सङ्ख्या सबैभन्दा धेरै पुगेको छ। आइतबार संक्रमितको सङ्ख्या २७९ पुगेको थियो भने यो सङ्ख्यामा सोमबार भने सामान्य कमी आउँदा थप १९७ संक्रमित भएका छन्।

दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिलेसम्म यहाँ कूल संक्रमितको सङ्ख्या १५ हजार ५१५ पुगेको छ भने ३०५ संक्रमितको मृत्यु भएको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal