P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा : के गर्न छुट,(सूचनासहित)

काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते मध्यरातिसम्म लागू हुनेगरी उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो ।

कोरोनाको संक्रमण बढ्दै गएपछि सोको रोकथाम र न्यूनीकरणको उद्देश्यसहित मंगलबार उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर)  तीन जिल्लाको सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

निर्णयअनुसार औषधि खाद्यवस्तु तथा अत्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट निस्कन पाउने छैन । 

यसैगरी अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवासाय सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सवारीसाधनबाहेक उपत्यकाभित्र अरु सवारीसाधन प्रवेश निषेध गरिएको छ । 

यस्तै कोभिड-१९  संक्रमणको जोखिम नियन्त्रण, रोकथाम, उपचार तथा व्यवस्थापन कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउजाउ गर्नपर्ने कर्मचारीको हकमा सम्बन्धित कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ देखि १०ः३० र बेलुकी ३ देखि साढे ५ बजेसम्म आवागमन गर्नेबाहेकको समयमा सवारी साधन सञ्चालन गर्न दिइने छैन । 

निर्णयअनुसार औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास तरकारी, फलफूल दूध, दूरसञ्चार, फोहोर बोक्ने गाडी जस्ता अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने  कुनै पनि मेला महोत्सव जात्रा, भिडभाड जस्ता गतिविधिमा पनि रोक लगाइएको छ । 

दैनिक नित्यपूजा बाहेकको धार्मिक तथा सांस्कृतिक गतिविधि, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, भाषा कक्षालगायत पनि सञ्चालन गर्न पाइने छैन । 

सबै प्रकारका तालिम, गोष्ठी, सभा, सेमिनार, चिडियाधर लगायत खोल्न तथा सञ्चालनमा पनि रोक लगाइएको छ । 

फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाढा वा साइकलमा हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन रोक लगाइनुका साथै  होटल, रेष्टुराँ सञ्चालन गर्न पनि पाइने छैन । 

 बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवा गर्ने व्यवस्था मिलाउन भनिएको छ तर सो सम्भव नभए न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्न दिइने छ । 

यस्तै अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयाग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ ।

हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, कन्र्फम हवाई टिकट देखाए एयरपोर्ट जानका लागि सवारी साधनको व सहजीकरण गर्न सकिने पनि निर्णयमा उल्लेख छ । 

यस्तै. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने तथा मूल्यवृद्धि गर्नेलाई कानुनबमोजिम कारबाही हुनेछ । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal