P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

तपाईको आजको राशिफल

  • प्रकाशीत मिती

    भदौ ९, मंगलवार।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। दिउँसाेदेखि कामको चाप बढ्नेछ भने गोपनीयता बाहिरिनाले समस्या पर्ला। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। दिउँसाेदेखि विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ हुनेछ। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिस्पर्धीहरू सहयाेगीका रूपमा देखापर्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रुबाधा हट्नेछ। राेगसमेत निवारण हुने समय छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा काम राेकिन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साथीभाइकाे सहयाेग जुट्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनले नयाँ गति लिनेछ। लेखन कलामा पनि निखारता आउनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

चिताएको काममा बिहानै जुट्नुहाेला, सोचेजस्तै सफलता मिल्नेछ। सहयाेगीहरूले साथ दिनेछन् र प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। दिउँसाेदेखि विश्वासिला व्यक्तिहरूले धाेका दिने हुँदा काम राेकिन सक्छ। सानाे कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। धेरै नजिकिनेहरूले पनि दुःख दिनेछन्।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र चिताएकाे काम सम्पादन हुनेछ। आलोचकहरू पनि व्यवहारले नजिकिन सक्छन्। आजकाे मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ पनि पहिलेकाे उपलब्धिले थप काम गर्न प्रेरित गर्नेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतले व्यक्तित्व निखार्ने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका आफन्त नजिकिनेछन्। दिगो योजना प्रारम्भ हुनेछ। तर परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा अलि सजग रहनुपर्ला। साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। सस्ताे लाभमा लाेभिँदा व्यर्थैमा खर्च हुनेछ। आवेशको निर्णय र बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको मिहिनेतले फाइदा दिलाउनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिहानकाे समय विशेष लाभदायी रहनेछ। पेसा र व्यवसायले राम्राे लाभ दिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। तर मध्याह्नपछि धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। मध्याह्नपछि सरसापटमा धन बाहिरिने सम्भावना छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ला।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। बाध्यात्मक परिस्थितिले सताए पनि मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुट्नेछन्। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आज आईतवार तपाईको राशिफल
आजको राशिफल
आज बुधवारको राशिफल
आज सोमवार तपाईको राशिफल
तपाईको आजको राशिफल
आज बिहीवार तपाईको राशिफल

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal