एजेन्सी । फ्रान्सेली मिडफिल्डर पउल पोग्बाको स्थानान्तरणको प्रक्रियामा रोक लगाइएको छ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले कम्तिमा एक सिजन ओल्ड ट्रा फोर्डमै राख्ने निर्णय गर्दै उनको स्थानान्तरण प्रक्रियामा रोक लगाएको हो ।
युनाइटेडका प्रशिक्षक ओले गुनर र क्लबका केही पदाधिकारीले पोग्बालाई क्लबमै राख्ने निर्णय गरेको जनाइएको छ । यसअघि क्लबमा असन्तुस्ट रहेका पोग्बा यस ट्रान्सफर विन्डोजमा अन्य क्लब जान सक्ने बताइएको थियो । उनका लागि विभिन्न ठूला क्लबहरुले समेत अनुबन्ध गर्न प्रस्ताव गरिरहेको चर्चा चलेको थियो ।
पोग्बाका लागि इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सलगाय केही क्लब इच्छुक थिए । युभेन्ट्स प्रशिक्षक माउरिजियो सारीको चाहनामा पोग्बा फेरि युभेन्ट्स फर्कन सक्ने हल्ला थियो, तर सारीलाई भने युभेन्ट्सले बर्खास्त गरेको छ ।
पोग्बाको युनाइटेडसँगको सम्झौता नयाँ सिजनको अन्तिमसम्म छ । नयाँ सिजनमा उत्कृष्ट सुरुवात गर्ने लक्ष्य रहेकाले क्लबले यस ट्रान्सफरमा पोग्बाको कुनै पनि प्रस्ताव युनाइटेडले स्वीकार नगर्ने प्रस्ट पारेको छ । पोग्बाका लागि सिजन २०१९-२० युनाइटेडमा त्यतिधेरै प्रभावकारी थिएन । उनले चोटका कारण धेरै समय खेल्न सकेका थिएनन् भने चोटपछि खेलेका खेलहरुमा पनि सोचेअनुसार प्रदर्शन गर्न सकेका थिएनन् ।
एजेन्सी । फ्रान्सेली मिडफिल्डर पउल पोग्बाको स्थानान्तरणको प्रक्रियामा रोक लगाइएको छ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले कम्तिमा एक सिजन ओल्ड ट्रा फोर्डमै राख्ने निर्णय गर्दै उनको स्थानान्तरण प्रक्रियामा रोक लगाएको हो ।
युनाइटेडका प्रशिक्षक ओले गुनर र क्लबका केही पदाधिकारीले पोग्बालाई क्लबमै राख्ने निर्णय गरेको जनाइएको छ ।
यसअघि क्लबमा असन्तुस्ट रहेका पोग्बा यस ट्रान्सफर विन्डोजमा अन्य क्लब जान सक्ने बताइएको थियो । उनका लागि विभिन्न ठूला क्लबहरुले समेत अनुबन्ध गर्न प्रस्ताव गरिरहेको चर्चा चलेको थियो ।