P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

रैला वंशको इतिहास र वंश विस्तार

  • प्रकाशक

    सुदिप रैला
  • प्रकाशीत मिती

    भदौ १०, काठमाडौं ।

नेपालका विभिन्न ठाउँमा बसोबास गर्ने सबै गोत्र जाति वर्ग धर्म सम्प्रदाय समाज र समुदायका रैला थरका बन्धुहरूलाई समेटेर संगठित तुल्याई परिचय, मित्रता, सहयोग, सुसम्बन्ध, एकता र रचनात्मक सहकार्य गर्ने उद्देश्यले स्थापना गरिएको गैर राजनीतिक, गैर साम्प्रदायिक, गैर मुनाफामूलक एक समाजसेवी संस्था रैला समाज हो । समस्त रैला बन्धुहरूमा रहेको प्रतिभा ज्ञान अनुभव योग्यता दक्षता सीप सिद्धि र सद्भाव बटुलेर देश, क्षेत्र, समाज र सारा रैला-रोइला थर भएकाहरूको हितको निमित्त रहेको एक साझा संस्था हो । मानव सभ्यताको प्राचीन कालदेखि नै नेपालमा लामो समयदेखि आर्य जातिहरुकोहरूको बसोबास रहेको देखिन्छ । यिनै आर्य जातीहरुमध्यको रैला थर पनि एक ब्राह्मण जाति रहेको पाइन्छ ।

आजको भौतिकवादी आचारव्यवहारले व्याप्त सांस्कृतिक सामाजिक जीवनमा अतीत बिर्सने र आफ्नो पहिचानका समस्त सूत्रहरू टुटेर इतिहास हराउने सम्भावना बढ्दै गएको देखिन्छ । कुलीन भनिने परिवारमा जन्म लिने प्रत्येक सन्तति महान हुँदैन र अतिसामान्य भनिने परिवारमा जन्मेको कुनै सन्तान असामान्य पनि हुन सक्तछ । अतीतको गौरवमा दिवास्वप्न देखेर समय खेर फाल्ने र कुनै पनि रचनात्मक चिन्तन वा क्रियाकलापमा संलग्न नहुने जाति पनि भेटिन्छन । सधै पुर्खाको मात्र गुणगान गाउनेले सुन्दर तत्वलाई न त देख्न सकिन्छ न रचना नै गर्न सकिन्छ । भ्रममा बाँचेर भ्रममै मर्ने पुस्ता हुन तिनिहरु ।

अर्को कुरा के पनि हो भने आफ्ना विषयमा जति आफूलाई थाहा हुन्छ त्यति अरूलाई हुँदैन र आफ्नो मूल्याङ्कन आफूबाट जति सही हिसाबमा हुन्छ त्यति अरूबाट हुन गाह्रो पर्दछ । आफुमा रहेका राम्रा नराम्रा आनीबानी र आफूले गरेका क्रियाकलापका सारा गुणदोष आफुलाई जति अरूलाई थाहा पनि हुँदैन । हामी आफैलाई चिनाउनका लागि पनि रैला समाजरूपी यस संस्थाले पुण्य कार्य गर्दै आउदा दिनहरुमा जाने लक्ष्य लिएको छ । थर, गोत्र, प्रवर, क्षेत्र, समाज, गाउँ, बस्ती, टोल र गल्ली विशेषका रैलाबन्धुहरूले यस संस्था वा सङ्गठनमा आवद्ध भएर आ—आफ्नो उन्नतिका लागि कार्य गर्न सक्दछन । त्यस्ता कार्यमा पनि यसले एक छाता संस्थाको भूमिका निभाउँनेछ । यो साराका सारा रैला तथा रोइलाहरूको साझा संस्था हो ।

जनहितकारी कार्यमा कहिल्यै अघि सार्न नखोज्ने केही व्यक्तिहरू पुर्खाका मनगढन्ते कथा जोडेर आफूलाई महान खानदानी विशेष असामान्य जन्मजात विशिष्ट ठान्दछन र त्यस्तै चिन्तनमा दिवास्वप्न देख्दै निष्क्रिय बनेर जीवनलाई कीटपतङ्गमय बनाउँछन । हामीले के बुझ्नु पर्दछ भने सूर्य, चन्द्रमा, नदी, वनस्पति, हावा, धर्ती, पहाड, ग्रह, नक्षत्र र अग्नि जस्ता लोककल्याणकारी अनेकौँ तत्वले कहिल्यै आफूलाई कुलीन भन्दैनन् र आफैले आफूमाथि प्रशंसाको पहाडले ढाकेर आफ्नै अस्तित्व नामेट पार्ने काम गर्दैनन । हामी चाहिँ आफै ठुलो बन्दछौँ र आफूलाई आफै ठुलो भन्दछौँ । हाम्रो चिन्तन सङ्कुचित, न्यून, सीमित, क्षुद्र र दयानीय भएको कुरा हामी बुझ्दैनौँ । त्यसो हुँदाहुँदै पनि कतिपय अनुभव, ज्ञान, सूचना, जानकारी, चिन्तन, नीति, उपदेश, परम्परा र मार्गनिर्देशन मुखान्तरण वा हस्तान्तरण नगर्ने हो भने व्यक्ति, परिवार, समाज, राष्ट्र र दुनियाँकै लागि हानि पनि हुँदोरहेछ । विशेष गरी गोत्र, प्रवर, गण, पुर्खा, परिवार र परम्पराका कुरा नभन्ने र नसुनाउने हो भने व्यक्ति, परिवार, समाज, राष्ट्र र दुनियाँले टेक्नुपर्ने आदर्शको धर्ती डोलायमान हुने रहेछ । जानेका र बुझेका कुरा यदि नभन्ने हो भने पछिका पुस्ता त्यस्तो अनुभवाश्रित ज्ञान वा पाठ जान्नबाट वञ्चित हुने रहेछन । फलस्वरूप ऐतिहासिक, सांस्कृतिक, सामाजिक र पारिवारिक पृष्ठभूमि हराउने खतरा बढ्दो रहेछ । धर्ती बिर्सियो, इतिहास बिर्सियो, पुर्खा बिर्सियो र समाज बिर्सियो भने टेक्ने र समाउने आधार समाप्त हुने रहेछ र व्यक्ति सम्पूर्ण हिसाबले नासिने रहेछ । त्यस्तो इतिहास बुझेर पुर्खाले गरेका सत्कार्यको निरन्तरता दिन नसकेका सपनाहरू साकार पार्न सकियो भने प्राचीन धरातलका जगमा सुन्दर वर्तमान बनाउन सकिन्छ । असल सन्तानको कर्तव्य पनि त्यही हो । पृष्ठभूमि बिर्सेर वर्तमानको मात्र भोग गर्ने व्यक्ति, परिवार, समाज र जाति भोग त गर्दछ तर इतिहास निर्माण गर्न सक्दैनन । सच्चा परिवार, समाज र जातिले चिन्तनमा ब्यँुझेर पूर्खाहरुको आदर्श चरित्र निर्माणको यात्रा गर्ने काम गर्दछ ।

वंशावली जस्तो जटिल अनि यसको खोज गर्नेको प्रशंसा गरेको भने खासै देखिदैन तर यो अति उत्तमकार्य भने हुदै हो । यो वंशको एक इतिहास निर्माण कार्य हो । भावि सन्ततिको प्रमाणित गर्ने एक दह्रो अस्श्र या हतियार हो, प्रकाश हो वंशावली । हामीलाई थाहा नै छ यो ब्रहमाण्डमा कयौ जातजातिका मानवहरु बसोबास गर्दछन तिनीहरु सबैका आ—आफ्नो वंश अनी पुस्ताहरु रहेका हुन्छन नै, यस्तै पुस्ताको खोज अभियानमा बिगत वि.सं. २०६० सालदेखी (रैला समाजको संस्थापक अध्यक्ष—सुदिप रैला) रैलाको खोज अभियानमा लागिपरेर अगाडी आएकै हो । तर त्यसबेला कुनै कानुनी प्रक्रियामा दर्ता गरी व्यवस्थित रुपमा हिडिएको भने थिएन । एककाइसौँ शताब्दीको प्रविधिको बिकासले वंश खोज अभियानमा भने निक्कै सहजता ल्याएकै हो । रैला बन्धुहरु कहाँ—कहाँँ कसरी रहेकाछन भन्ने जानकारी प्रविधि माफर्त भएसंगै केही सल्लाहा नभएको पनि होइन । तर एकभएर समाज निर्माणको कार्य गर्न भने त्यतिबेला भौतिकरुपमा निकट भएर हुनसकेन ।

नव वर्ष २०७६ सालकोे उदयसंगै एक अठोट ग¥यौ चितवनबाट—श्री कृष्ण प्रसाद रैलाको प्रतिनिधित्वमा रैला बन्धुबान्धबाहरुको एक परिचयात्मक भेला गर्ने । साथै भेला सम्पन्न पनि भयो र त्यस भेलाले एक दृढ अठोटकासाथ श्री स्ुदिप रैलालाई तात्कालिन अस्थायि कार्यसमितिको संयोजक बनाई रैला वंशको खोजी तथा थाकथलो पत्ता लगाउने निर्णय गरि बैठक भव्यताका साथ सम्पन्न ग¥यो । कार्यक्रम सम्पन्न भएसंगै उक्त समितिले खोजि कार्यमा अग्रसर हुदै अगि बढ्यो । वंशावलीको खोजीको निमित्त एक संस्थाको आवश्यकता रहेको र संस्थाको विधान सहित तयार गर्नु एक रैला बन्धुहरुको लागि चुनौतिको विषय भएको थियो । तर समितिका संयोजक श्री सुदिप रैलाले अध्ययन तथा अनुसन्धान गरी विधान तयार गरी उक्त विधानको मस्यौदामाथि छलफल तथा काँटछाँट गरी पुरानो कार्यसमिति विघटन गरेर नयाँ स्थायि कार्यसमितिमा अध्यक्ष पदमा चयन ग¥यो श्री सुदिप रैलालाई । अध्यक्ष पदको जिम्मेवारिलाई मर्यादा पूर्ण रुपमा ख्याल गर्दै संस्था दर्ता प्रक्रियालाई पहिलो प्राथमिकता दिएर सम्पुर्ण कार्यसमितिका पदाधिकारिहरु र सदस्यहरुसहितलाई सक्रिय गरि मिति २०७६—०५—०४ या ०४, अगष्ट,—२०१९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौबाट संस्था दर्ता गरी सोही दिनमा नै समाज कल्याण परिषद भृकुटीमण्डप, काठमाडौ, नेपालको दर्ता प्रमाणपत्र प्राप्त ग¥यो । साथै रैला समाज कुलदेवता मन्दिर पराशर आश्रम या रैला समाज संस्थाले नेपाल सरकारको कानुनी नियमसंगत प्रक्रिया पुरा गरी रैला खोज अभियानमा कार्यसमितिका अध्यक्ष सहित सदस्यहरुको टोली नेपालको १८ वटा जिल्लाहरुको गाँउ—गाँउमा निस्वार्थ भाव बोकेर रैला वंशको अध्ययन तथा अनुसन्धानको खोजी कार्यमा अग्रसर भयो ।

कुनै पनि जाती या वंशको आफ्नो पूर्खादेखिको खोज अनुसन्धना गर्नु भनेको सामान्य कार्य अवश्य पनि होइन तर यस्तो आफ्नो थर, कुल, गोत्र, प्रवर, जात, धर्म, भाषा, संस्कृति, परम्परा तथा वंशावलीको खोज्ने कार्य आफैमा कठिन हुनुका साथै एक अनुसन्धानात्मक कार्य पनि हो । जसका लागि समय, शिक्षा र श्रम धेरै चाहिन्छ । नेपाल एक भौगोलिक रुपमा मात्रै बिकट नभएर चेतना, शिक्षा र विकासका दृष्टिले पनि धेरै पछाडि रहेको देश हो । हाम्रा पुर्खाहरुले ‘ब्राह्मण वादी’ शिक्षा पाउन सकेका रहेनछन् जसका कारण आफ्नो पहिचानको कुनै लेख तथा प्रमाणहरु लेखिएको पाईदैन । साथै वंशावलीको सवालमा पनि तथ्यगत र वस्तुगत आधारहरु फेला पार्न सकिएन । वंशावलीको खोजका लागि वंशावलीलाई वैज्ञानिक बनाउने वस्तुगत आधारहरु फेला नपरे पनि श्रुति सत्यका आधारमा वंशावली र जातिगत पहिचान खोज्ने जमर्को गरी यस रैला समाज कुलदेवता मन्दिर पराशर आश्रमले वंशावलीको खोज गरी आफ्नो वंशको उत्थानको निमित्त प्रयास गरेको छ ।

रैला थर सुन्ने बित्तिकै कतिपय मानिसहरु अचम्मित हुने गरेको पाईन्छ तर यो कुनै नौलो अनि अनौठो भने होइन । नेपाल एक बहुजाति, बहुभाषि, बहुसास्कृतिक, भएको बहुलताले भरिएको देश हो । नेपालमा अनेकौ जाजतजातिका अनौठा अनौठा थरहरु रहेको हामी पाउदछौ । विशेषत नेवार, मगर, गुरुङ समुदाय भित्रपनि यस्ता अनौठो तर कमी सुनिएको थर बढी नै पाईन्छ । त्यसैगरी ब्राह्मण जातमा पनि नभएको भने होइन ।

रैला थर भएका पराशरिय गोत्री अहिलेको भारतको कुमाऊ गढवालमा रहेको र साथै भारतको हिमांचल प्रदेशको मंडी जिल्लामा एक पराशर आश्रम र त्यहाँ मन्दिरसंगै रहेको ताल प्रख्यात रहनुका साथै त्यस धार्मिक स्थल पराशर मन्दिरको वरपरी पनि पराशर गाउ रहेकाले रैलाका पूर्वजोहरु बसाई सर्दै आउने क्रममा नेपाल आइपुगेको मानिन्छ । अहिले पनि भारतको विभिन्न ठाँउहरुमा रैला थर भएका भेट्न र सुन्न सकिन्छ । त्यति मात्रै होइन हामीले विभिन्न मिडिया तथा समाचारमा सुनेका अनि देखेका नै छौ, रैला ओडिङ्गा केन्याका प्रधानमन्त्री सन् २००८ देखी २०१३ सम्म रहेका थिए तिनीहरुका वंशहरुपनि बसाइ सर्ने क्रममा नै त्यहाँ पुगेका हुनसक्दछ । यो रैला÷रोइला थर भएका एक आर्य जातिका ब्राह्मण कुलका रहेको पाइन्छ । रैला थरको उत्पत्ति कसरी र कहाँबाट भएको हो ठ्याक्कै यही नै हो भन्न कठिनाई नै रहेको छ किनकी यो थरको नत कुनै नाम लेखौट नै छ न कुनै उच्च पद या दर्जामा काम गरेका नेपालको इतिहासमा नै देखिन्छ । यो थर भएका मानिसहरुको संख्यापनि न्युन रहनुका साथै विभिन्न जिल्लाहरुमा ८÷१० घर त कतै २÷४ घरधुरी भएर नेपालको नुवाकोट, धादिङ, रसुवा, काठमाडौ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, बारा, बाँके, बर्दिया, धनकुटा, खोटाङ, उदयपुर, मोरङ र सुनसरी, तेह्रथुम र झापा गरी १८ जिल्लाहरुमा बसोबास गरेको पाइन्छ ।

रैला थरको अर्थ हो सन्देश अथवा खबर दिने, अर्को अर्थ रहेको छ ः शान्त । हामीलाई थाहा भएको कुरा हो पौराणिक कालमा नारदमुनिले एक ठाँउको खबर अर्काे ठाँउमा दिदै हिड्थे जसले जहाँ जे भनेको छ त्यो खबर सुन्ने बित्तिकै नारदले प्रचार गरी हाल्दथे या भनौ अहिलेको एक्काइसौँ शताब्दीको मिडियाको भूमिका खेलेका थिए नारदमुनिले । अर्को पनि एक उदाहरण लिन सकिन्छ महाभारतका संजय जसले कुरुक्षेत्रमा कौरव र पाण्डवहरुबीचको लडाईको उनको दिव्य दृष्टिको शक्तिले युद्धभुमिमा भएका घटनाको विवरण प्रत्यक्ष रुपमा धृतराष्ट्रलाई बताएका थिए या भनौ अहिलेको मिडियाले दिने प्रत्यक्ष प्रसारणको काम गरेका थिए । रैला थर भएका व्यक्तिहरु विश्वासिला, भरपर्दो, कहिल्यै झुट नबोल्ने, जेहो सत्य बोल्ने, निडर स्वभावका, अरु कसैसंग नझुक्ने, आफ्नो परिश्रममा रमाउने, सुख—दुःखमा नआत्तिने र नमात्तिने यस्ता विविध विशेषताहरु रहेको छ । इतिहासको पानामा कतै यस रैला थर भएका पूर्खाहरुको नाम नरहेतापनि राजा नरभुपाल शाहको गोरखा दरवार देखि पृथ्वीनारायण शाहको नुवाकोट विजय पश्चातको दरवारिया कामकाजमा रहेको । र वि.सं. १८२५ पछि काठमाडौ विजय पश्चात नुवाकोटको दरवारको सम्पूर्ण कामकाज काठमाडौमा सारेपछि पनि कालु रैलाले दरवारभित्रका कामकाज गर्दै र बाहिर भएका विभिन्न विषयका घटना विवरण दिदै आएका जनश्रुति अझैसम्म पाइन्छ ।

इतिहासलाई हेर्ने हो भने वि.सं. १८०१ मा नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले नुवाकोटमा नै सात तले दरवार बनाएर गोरखामा भएको सम्पूर्ण कामकारवाही नुवाकाटबाटै सच्चालन गरेको कुरा त इतिहासका पानामा लेखिएको नै छ । त्यसैगरी नुवाकोटको बेलकोटगढीमा आक्रमण गर्दा त्यस ठाँउमा युद्धमा जानु पूर्वको सम्पूर्ण तयारीको निमित्त के—कसरी जाने र कति मात्रमा मानिसहरु रहेका छन, तिनिहरुसंग कुन ठाँउबाट आक्रमण गर्न सहज हुने जस्ता विविध विषयका कुराहरुको खबर ल्याउने काम या सुराकीको काम कालु रैलाले नै गरेको जनश्रृति अझैसम्म रहदै आएको पाइन्छ । यस्तै चलाखी गर्ने र आफ्नो काम इमान्दारका साथ गर्ने भएर राजा पृथ्वीनारायण शाहले त्यो—गाँउमा देखिएको खालि जमिनमा बस भनि दिएको बिर्ता जमिन नै रैलाको बास्तबिक स्थायी थलोको रुपमा रहन गयो । राजा पृथ्वीनाराण शाहले त्यो—गाँउ भनि भनेको हुनाले अहिले त्यस ठाँउको नाम अपभ्रंस भइ तिगाँउ नाम रहन गयो । अहिले भनिएको तिगाउ ः बेलकोट, पाखुरे, दाङमै र तिगाउको परिधि भित्रको क्षेत्रलाई भनिन्थ्यो । पहिलाको गाउँ विकास समिति परिवर्तन भई अहिले बेलकोटगढी नगरपालिका वडा नम्बर ११÷१३ कायम भएर रहेको रैला वंशको स्थायी थलोको रुपमा तिगाँउ, माथिल्लो पाखुरे र तल्लो पाखुरे रैलाथो दाङमैको क्षेत्रमा पर्दछ ।

वंश विस्तार ।
यसरी नुवाकोट विजय पश्चात राजा पृथ्वीनारायण शाह नुवाकोटमा २५ वर्ष रहेको इतिहासका पानामा लिपीबद्ध नै छ । त्यतिबेलासम्म पनि कालु रैलाका काम नुवाकोट दरवारभित्रै नै रहयो । काठमाडौ विजय पछि दरवारको काम काठमाडौमा नै सारेकाले कालु रैलाका एक नाति पनि संगै गएका थिए । यसरी काठमाडौमा गएका कालु रैलाका जेठा नातिका छोरा निलकण्ठका सन्तान कीर्तिपुरको पारीपट्ठी रहेको वोसनमा बसोबास गरेका र अहिले पनि आठौँ पुस्तादेखी सोही ठाँउमा बसोबास भएको देखिन्छ ।

करिब ७० वर्षको उमेरमा निलकण्ठले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा रहेको चिम्टेश्वर महादेवको दर्शन गर्न जाँदा केही समय साथिकोमा रहेको र रुपिङ भन्ने ठाँउमा जमिन किनी जेठो छोरा राजिवललाई अंश दिएर त्यही बसोबास गराउदछन । र राजिवलका दुई पुत्र रामचन्द्र रैला र श्रीकृष्ण रैलाका सन्तानहरु अहिले ८ औँ पुस्तामा १२ घरधुरीमा परिवार संख्या ६८ जनाको बसोवास भएको र पूर्वजो निलकण्ठ रैला सहित आठौँ पुस्ताहरुको बसोबास हुदै आएको पाइन्छ भने केही सन्तानहरु काठमाडौमा घर बनाई बसेको छन जसमाः श्री कृष्ण प्रसाद रैलाका जेठा छोरा युवराज रैलाका चार छोराहरुमध्ये जेठो छोरा राजाराम रैला तारकेश्वर नगरपालिका वडा नम्बर ९ इन्द्रेणी वासुकीनाग टोल, माइलो छोरा ईश्वर रैला तारकेश्वर नगरपालिका वडा नम्बर ०६, सुन्दरवस्ती टोल, रैला समाजको संस्थापक अध्यक्ष श्री सुदिप रैला चन्द्रागिरि नगरपालिका वडा नम्बर ७, नमुना बस्तीमा र कान्छा छोरा पनि मनमैजुमा नै बस्दै आएको पाइन्छ र बेलकोटगडी वडा नम्बर ३ कै स्व.कमल प्रसाद रैलाका छभाई छोराहरुमध्येका कान्छा छोरा श्री टिकाराम रैला भने काठमाडौको तारकेश्वर नगरपालिका वडा ५, गोलढुङ्गामा घर बनाई बस्दै आएको कुरा बेलकोटगढी नगरपालिका वडा नम्बर ३ डाँडागाउँका उमेर ८६ वर्षका श्री कृष्ण प्रसाद रैला आफ्ना नाति रैला समाजको संस्थापक अध्यक्ष श्री सुदिप रैलालाई बताउदछन ।

काठमाडौ जिल्लाको बोसनमा रहेका निलकण्ठका माइला र कान्छा छोराहरु या सन्तानहरु बोसनको उचाइ र चिसोको साथै अन्न उब्जाउको पनि उर्वरा भूमि नहुनाले निलकण्ठका माईला छोरा मणिकण्ठ र कान्छा छोरा लक्ष्मीकण्ठ तल बेसि तथा अहिलेको कीर्तिपुर नगरपालिका—६, टौदहमा बसेको पाईन्छ । मणिकण्ठका जेष्ठ पुत्र नरनाथ रैला त्यहाँबाट अलिक पर रहेको दक्षिणकालि नगरपालिका वडा नम्बर ८ छैमलेमा बसाइ सरेको र नरनाथ रैलासहित छैटौ पुस्ता १ घरधुरी भएर बस्दै आएको पाइन्छ । मणिकण्ठको माइला छोरा श्रीलाल रैला र गोमा रैलाबाट जन्मिएका एकमात्र छोरा केशर राजको विवाह झम्क कुमारीसंग भएपछि चितवनको पर्सा टाँडीमा बसाइ सर्दछन र अहिले त्यहाँँ खैरहनी नगरपालिका ७÷८ मा केशरराज सहित पाचाँै पुस्ता का ९ घरधुरी भएर बस्दै आएका छन । त्यसैगरी मणिकण्ठका साइला छोरा टिकालाल रैला र छायाँदेवी रैलाबाट दुइ सन्तान ललति प्रसाद रैला र रेवती रैलामध्ये जेठाबाट मात्र सन्तान भएको र कुल घरसंख्या ५ घरधुरी भएर दक्षिणकाली न.पा. ७ युटीकीमा रहेका छन भने मणिकण्ठका कान्छा छोरा श्यामलाल रैला र हरीमाया रैलाको सन्तानहरु कीर्तिपुर न.पा. ६ पाण्डेछापमा नै बस्दै आएको अध्ययन तथा अनुसन्धानबाट देखिन्छ । साथै काठमाडौबाट लक्ष्मीकण्ठका साइला छोरा चन्द्रकान्त रैलाका सन्ताहरु ललितपुर महानगरपालिका वडा नम्बर २७, सुनाकोठी र बाग्मति गाउँपालिका वडा नम्बर २ माल्टा, लतिपुरका तिन भाइको परिवार रहेको देखिन्छ ।

श्री हरि प्रसाद रैला जो दरवारिया कामकाज गर्दथे उनि पनि त्यहाबाट दक्षिणकालीको फर्पिङ हालको ठेगाना दक्षिणकालि नगरपालिका वडा नम्बर, ९ लामागाउँमा ८ औ पुस्ताको हाङ्गोको रुपमा ११ घरधुरी छ भने १ घर दक्षिणकालि नगरपालिका वडा नम्बर—६ मा पछि बसाइ सरेर आएको पाइन्छ । दक्षिणकालीे फर्पिङका लक्ष्मीकण्ठका ४ छोरामध्येका जेठा श्री हरि प्रसाद रैलाका पुत्र टिकाराम रैलाले शान्तमायाबाट ४ छोराहरुको जन्म पछि पनि विभिन्न कामको सिलसिलामा जानेक्रममा धादिङ जिल्लाको हालको ठेगाना गजुरी गाउँपालिका वडा नम्बर ७ किरनचोकमा ढकालको छोरीसंग अर्को विवाह गरी उनिबाट पनि चार छोराहरु ः १.जेष्ठ पुत्र नाम थाहा नभएको निःसन्तान २.माइला लक्ष्मीकान्त रैला तेह्रथुम जिल्ला छथर गाउपालिका वडा नं. ६, सुदापमा पाँचौ पुस्ताका सन्तानहरु २ घरधुरीमा रहेर बसोबास गर्दै आएका छन । ३.साइला छोरा श्री हरिनायण रैला र रुकुमायाबाट जन्मिएका सन्तानहरु सहित चार पुस्ता गजुरी गाउपलिका वडा नम्बर—७, किरनचोक धादिङमै रहेका छन भने ४.कान्छा छोरा प्रेमनाथ रैला दुई पत्नि सुमित्रा र केदार कुमारीबाट जन्मिएका दुई छोरामध्ये जेठाका परिवारहरु गजुरी गाउपालिका वडा नम्बर ६, धादिङ (घाटबेशि) मा रहेका छन भने कान्छा छोरा गोविन्द रैलाका दुई पत्नि स्व.माकुरी रैला, खिम कुमारी रैलाका एक छोरा टेक बहादुर रैला पोखरा उपमहानगरपालिका—१२ मा अस्थायी रुपमा बस्दै आएको पाइन्छ ।

रैला वंशको स्थायी थलोको रुपमा चिनिएको तिगाँउ अहिलेको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ दाङमै तल्लो नुवावाकोट रैला थोकमा राजा पृथ्वीनारायण शाहले बिर्ता दिएको जमिनमा रैला वंशको एक बस्ति नै बसेको थियो । तर पछि विभिन्न कामको सिलसिलामा तथा अन्त बसाई सरि जाने प्रवृत्तिले ठुलो संख्यमा नरहेको देखिन्छ । रैला वंशका पूर्वजोहरु मध्ये निलकण्ठ रैलाको परिवार काठमाडौ जिल्लाको बोसनमा गएको पाइन्छ । त्यसैगरि श्रीविलासको जेठो नाति कृष्णदत्तले अर्की कान्छि श्रीमति बलामिको छोरी ल्याएपछि जन्मिएका दुई छोरा जगत बहादुर रैला र विर बहादुर रैला मध्ये कान्छा छोरा विर बहादुर रैला पूर्व खोटाङ जिल्ला हालको ठेगाना जन्तेढुङ्गा गा.पा.४ कात्तिके गएका र त्यहाँ अहिले १७ घरधुरी रहेको छ भने खोटाङबाटै छत्र बहादुर रोइला र मनमाया अधिकारीका छोराहरु साथै भक्त बहादुर रोइला र मणिमाया महतराका (रोइला) का दुई छोरा राम बहादुर र चक्र बहादुर मध्ये जेठा राम बहादुरका सन्तानहरु अहिले चौदण्डी न.पा.९ हडिया ढुङ्गा उदयपुरमा र कान्छा छोरा चक्र बहादुरका सन्तान वराहक्षेत्र नगरपालिका वडा नम्बर २, जब्दी सुनसरी जिल्लामा ३ घरपरिवारमा रहेका छन भने त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाट शान्तिटोल र त्रियुगा नगरपालिका वडा नम्ब १४ मोतिगडा उदयपुरमा गरी ५ घरधुरी रहेको देखिन्छ । त्यसैगरि खोटाङबाटै कामको सिलसिलामा भारतको विभिन्न ठाउँ गोलघाट, बढपत्थर र अलिकाख सिलापत्थर आसामका साथै भारतकै देवगणको विरपुर भन्ने ठाउँमा र पटनामा पनि बसोबास गर्दै आएको अध्ययनले देखाउदछ र कोही भारतबाट फर्किएर झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका—४ शान्तिनगरकालगायत झापाकै अन्य ठाँउमा पनि बसोबास भएको पाइन्छ । त्यसैगरी श्रीविलाशका तिन छोराहरु मध्ये जेठा छोरा पुलन्धरका सन्तान रसुवामा बसोबास गर्दै हालको ठेगाना उत्तरगया गाउँपालिका वडा नम्बर २÷३ अहिले १९ घरधुरी भएर रहेको पाइन्छ । रैला समाजका पदाधिकारीहरु तथा वंशावलीको खोज अनुसन्धान कर्ताहरु अनुसार उदयनन्दका पाँचौ पुत्र राम प्रसाद र दुर्गादेवी पौडेलका चार छोराहरु रसुवाबाट विदुर नगरपालिका वडा नम्बर,७—सोले (तुप्चे) नुवाकोटमा ४ घर रहेको पाइन्छ ।

त्यसैगरी स्व.राधाकृष्ण रैला र स्व.चुडादेवी रैलाबाट जन्मिएका सन्तानहरुको हाङ्गा बेलकोटगढी नगरपालिका वडा नम्बर ११ को तिगाउमा नै १ घरधुरीमा रहेर बसेका छन भने तिगाउ तथा हालको ठेगाना बेलकोटगढी नगरपालिका वडा नम्बर ११ बाट घननाथ रैलाका सन्तानहरु नुवाकोटकै सूर्यगढी नगरपालिका वडा नम्बर ४ दार्मेमा तिन घरसंख्या रहेको देखिन्छ । साथै बेलकोटगढी नगरपालिका वडा नम्बर १३ दाङमै रैला थोकबाट ककनी गाउपालिका वडा नम्बर ६, भदौरे (भिरकुना) १० घरधुरीमा रहेका छन । र नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ पाखुरेबाट चिन्तामणिका जेठा छोरा कृष्णलालका साइला नाति कृष्ण प्रसाद रैलाका सन्तान चाँगुनारायण न.पा.८, भक्तपुरमा एक घर रहेको छ । चिन्तामणिका माइला छोरा अंगिरसका सन्तानहरु तिन घर भएर कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौढी बाँके र बढैयालाल गाउँपालिका वडा नम्बर—९ को मुनाल बस्ति बर्र्दियामा रहेका छन । साथै साइला र कान्छाका सन्तान नुवाकोट बसोबास गरेका छन भने चिन्तामणिकै साइला छोरा हरिलालका पाँचौ नाति चेतप्रसाद रैलाका सन्तानहरु चितवन जिल्लाको राप्ती नगरपालिका १, पर्सा पिप्ले लोथरमा ४ घरधुरी रहेको छ । रैला वंशको बसाइ सर्नेक्रममा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ रैलाथोक तल्लो पाखुरेबाट बलभद्रका माइला छोरा शिवभक्त रैला र करुणादेवी ढुङ्गाना (रैला) का सन्तानहरुमा धुनिवेशी नगरपालिका वडा नम्बर ५ साविक जीवनपुर—९ धादिङमा बसोबास गरेका तर अहिले काठमाडौमा बसोबास गर्दै आएको पाइन्छ । साथै भीमफेदी गाउँपालिका वडा नम्बर ५, सुपिङ मकवानपुरमा ३ घरधुरी रहेको र त्यहाँबाट पनि जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ काफ्ले टोल बारामा नम प्रसाद रैला र विन्दा ढुङ्गेल (रैला) र कान्छा ठाकुर रैलाका छोरा शम्भु प्रसाद रैलाको परिवार सहित ३ घरधुरी रहेर बसोबास गरेको पाइन्छ ।

त्यसैगरी नुवाकाटबाटै पूर्व धनकुटा जिल्लाको धनकुटा नगरपालिका ९, बेलहरामा काशिनाथ रैला, गंगा प्रसाद रैला र देवि प्रसाद रैला र चन्द्रलाल रैलासहित चार जना दाजुभाई बसाइ सरी गएका र तिनीहरुबाट पैदा भएका सन्तानहरुमध्येका एक भाइ पाख्रिवास न.पा.१०, चुङवाङमै बस्दै आएका छन भने अरु भाईहरु त्यहाँबाट पनि पुनः बसाई सरी मोरङ सुन्दरहरैँचा न.पा.८÷१२ कोशिहरौचा, सुनसरी जिल्लाको ईटहरी उपमहा न.पा. १÷७, धरान न.पा. १६, प्रगतिमार्गमा बसेको तथ्याङ्क संकलन तथा अनुसन्धानबाट प्रष्ट देखिन्छ । साथै नुवाकाटबाटै बसाइसरी बलभद्रका काइला छोरा षडानन्द र धनकुमारी न्यौपानेका एक छोरा रङ्गनाथ रैला र मानकुमारी वाग्ले (रैला) का सन्तानहरु अहिले जितपुर सिमरा उपमहा न.पा. १७, जयतापुर बारा जिल्लामा र हेटौडा, ११—थाना भ¥याङमा पनि रहेको पाइन्छ । त्यसैगरी काठमाडौ जिल्लाको दक्षिणकालि न.पा. १ बाट लक्ष्मीकण्ठका माइला छोरा महेश्वर रैलाका सन्तानहरु बसाइ सरी हेटौडा उपमहानगरपालिका ४, बुद्धपथ कमलडाडा, कलैया न.पा. १ बारा जिल्लामा र पश्चिम बंगाल पत्थरझोडा टि स्टेट, भारतमा नै बसाइ गरेकोे देखिनुले रैला÷रोइलाको बासस्थान एक ठाँउमात्र नभएर अलग अलग जिल्ला र प्रदेशमा थोरै संख्यामा रहेको पाइन्छ ।

नेपालको पूर्व पश्चिम उत्तर र दक्षिण गरि चौतर्फी रुपमा थोरै संख्यामा भएर पनि १८ वटा जिल्लामा रहेर कतै २÷४ घर त कतै १०÷१२ घरधुरी भएर बसेको अध्ययनले देखाउदछ । रैला वंशको इतिहासमा शुरुको समयमा केही पुर्खाहरुले दरवारिया कामकाज गरेर बसेता पनि पछिल्ला पिडीका रैला वंशको आर्थिक स्रोतको मुख्य आधार कृषि तथा पशुपालन नै हो । बसाइ सराइले उनिहरुको वंश एकतामा कमजोर र सामाजिक संगठन पनि फितलो हुनुले रैला÷रोइलाको वंशमा सामाजिक तथा आर्थिक स्तर कमजोर देखिन्छ ।

अहिलेको वर्तमान समयमा रैला÷रोइला वंशको प्रमुख स्रोतको रुपमा पुरानो ढाँचाको कृषि पेशा नै रहेको देखिन्छ । तर कही कतै व्यापार तथा व्यवसाय गरि बसेको पनि पाइन्छ । रैला÷रोइला वंशका मानिसहरु केही जिल्लाहरुमा कृषिमा नै आधुनिक कृषि प्रणाली खेति तथा कुखुरा र बाख्रा पालन पेशामा आबद्ध भएको अध्ययनले देखाउदछ । केही रैला÷रोइला बैदेशिक रोजगारी त केही शिक्षाको खोजमा अरबको खाडीदेखी जापान, अमेरिका तथा अष्ट्रेलियाका मुलुकमा काम गर्दै र बस्दै आएको पनि देखिनुले उनीहरुको आर्थिक स्रोतको रुपमा बैदेशिक रोजगारी पनि देखिन्छ । यसरी छिटपुट रुपमा छरिएर रहेका रैला÷रोइला वंशका वर्तमान अवस्था कृषि तथा पशुपालन र बैदेशिक रोजगारी बाहेक अन्य आयस्रोत नदेखिनुले उनिहरु आर्थिक रुपमा कमजोरी नै देखिन्छ ।

विशेष ज्ञातव्य ः नेपालको पूर्वी जिल्लाहरुमा खोटाङ, धनकुटा, उदयपुर, मोरङ, सुनसरी, तेह्रथुम र झापामा रहेकाले रोइला लेख्दै आएकाले रोइला थर भएका पराशरीय गोत्री मुल थरको देवनागरिक लिपी रैला नै रहेको अध्ययन तथा अनुसन्धानले प्रष्ट पार्दछ ।

लेखक- रैला समाज कुलदेवता मन्दिर पराशर आश्रम, काठमाडौ, नेपाल,२०७६” का संस्थापक अध्यक्ष र आजीवन सदस्य पनि हुनुहुन्छ । Email: sudipraila@gmail.com

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
हमासले युद्ध विरामका मापदण्ड उल्लङ्घन गरेको भन्दै घर फर्किरहेका प्यालेस्टाइनीमा अवरोध

<!–EndFragment–><br />

उपनिर्वाचन जनताले खोजेको विकल्प
११ दिन पैदल हिँडेर काठमाडौँ आएक मिटर व्याज पीडितको समूह धर्ना बसेका महिना पुग्यो
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आज बाट सुरु हुँदै
एकै दिन ३५ सयले घट्यो सुनको मूल्य
दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि खुम्चियो

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal