P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

कोरोना संक्रमणबाट २३ वर्षीया गर्भवती महिलाको मृत्यु

  • प्रकाशीत मिती

    भदौ ११, काठमाडौं ।


कोरोना संक्रमणका कारण बिहीबार बिहानै एक २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार बिहान ६ बजे बारा घर भएकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ।

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार उनी ३३ हप्ताकी गर्भवती थिइन्। ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए।

त्यसैगरी ललितपुरस्थित पाटन अस्पतालमा बिहीबार बिहानै ललितपुरकै कोरोना संक्रमित ६५ वर्षीया महिलाको पनि मृत्यु भएको छ।

आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ।

त्यस्तै पोखराकी ३२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कोरोना संक्रमणपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड-१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत ती महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रष्ठिानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्।

पोखरा महानगरपालिका-११ निवासी ती महिला कोरोना संक्रमण पुष्टि भएपछि यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी थिइन्।

त्यसैगरी रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।

आज मृत्यु भएका चारसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक सय ७९ पुगेको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal