P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

छोरीको न्वारनमा खसी काटेर भोज, कोरोना फैलिएको आशंकामा गाउँका ७० जनाको स्वाब संकलन

  • प्रकाशीत मिती

    भदौ १४, काठमाडौं ।

कोरोना महामारीको कारण यतिबेला अधिकांश सामाजिक कार्य बन्द छन्।

समुदायमा कोरोना सङ्क्रमण देखिएपछि बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ।

तर बागलुङ-१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्डसमेत नअपनाइ भोजको आयोजना गर्दा समुदायमै कोरोना संक्रमण फैलिने आशंका गरिएको छ।

कोरोना जोखिमको समयमा छोरीको न्वारनमा एक परिवारले ठूलो जमघट गरी भोज गरेको पाइएको छ ।

लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै कोरोना सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

उनीहरुले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए। भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइएको नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिए।

छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका युवामा ११ गते कोरोना पुष्टि भएसँगै भोजमा सहभागी पण्डित, पाहुना तथा अतिथिसहित ७० जनाको स्वाब सङ्कलन गरिएको आचार्यलेले बताए।

‘कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाई भोज गरेको पाइयो’, आचार्यले भने, ‘न्वारनमा भोज दिनेमै कोरोना देखिएपछि ७० जनाको स्वाब सङ्कलन गरेका छौँ, समाजमा सामान्य सचेतना नअपनाउँदा भयावहको अवस्था आउन सक्छ।’ नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब सङ्कलन गरेको हो।

सङ्क्रमितका परिवारमा कोरोनाको लक्षणसमेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ। स्वाब सङ्कलन गरिएका ७० जनामा न्वारन गरिएकी २२ दिनकी शिशुसमेत छिन्।

नागरिकस्तरबाटै सचेतना नअपनाउने हो भने एकल प्रयासले मात्र कोरोना नियन्त्रण गर्न नसकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। ‘राज्यले भीडभाड नगर्नू, सामाजिक कार्य गर्दा सतर्कतासहित सामान्य गर्नू भनेकै छ, तर गाउँमा भोजभतेर, पूजापाठ, विवाहोत्सव चलेकै छ’, खनालले भने, ‘यस्तो गतिविधि शहरमा रोकिए पनि गाउँमा रोकिएको छैन।’

समुदायका मानिसमा कोरोना सचेतना नअपनाउँदा बागलुङ नगरपालिकाभित्र तीव्रगतिमा कोरोना फैलिएको छ। नगरभित्रको समुदायस्तरमा एक दर्जन व्यक्तिलाई कोरोना पुष्टि भइसकेको छ। नगरपालिकाभर भदौ १५ गतेसम्म निषेधाज्ञा जारी छ। रासस

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
भोटेकोशी बाढीका कारण नारायणगढ–काठमाडौं सडकमा सबै सवारी आवागमन बन्द
काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात
पियोर इनर्जीको शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?
इन्डो नेपाल सिएसआर समिट काठमाडौंमा सम्पन्न
बैंक नोटबाहेक छपाईका सबै काम नेपालमै सुरु : सञ्चारमन्त्री गुरुङ
एनआरएनएभित्र राजनीति नगरिदिनुस् : परराष्ट्रमन्त्री राणा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal